Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पीडितको डरले प्रशासनको निषेधाज्ञा

Kumar Shrestha by Kumar Shrestha
January 29, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
पीडितको डरले प्रशासनको निषेधाज्ञा
389
SHARES
5k
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालयले आइतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबारबाट लागु हुने गरी आगामी २ महिना सम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।
आइतबार देखि २ महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ । यस्ता कार्यक्रमले विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने वा हुलदङ्गा वा अशान्ति हुन सक्ने सम्भावना रहेकोले समग्र शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहमा असर पर्ने कुरालाई मध्यनजर गरी आसपासको क्षेत्रमा माघ १४ देखि बढीमा दुई महिनाका लागि ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम समेत गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको हो ।
उक्त निषेधाज्ञामा मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिना सम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको पनि उल्लेख गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ ले निषेधाज्ञाको स्पष्ट परिभाषा नगरेको भए तापनि दफा ६क विशेषतः ऐ ऐनको दफा ६क अनुसार कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा भनेको प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्नेछ । भन्ने व्यवस्था बाट तोकिएको कार्य बाहेकका कार्य गर्न निषेध गरिएको प्रशासनिक प्रयासलाई निषेधाज्ञा भनी बुझ्न सकिन्छ ।
आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउन स्थानीय प्रशासन ऐनमा लेखिएको त छ । रामेछापका प्रजिअ अनिता निरौलाले पनि यही ऐनलाई टेकेर निषेधाज्ञा जारी गरेको हो । तर रामेछापको मन्थलीमा त्यस्तो कुन चाँही आन्दोलन वा हुलदङ्गा भई शान्ति भंग हुने जाने देखियो ?
जिल्ला प्रशासन कार्यालय रामेछापको गेटबाट अनसनरत बिनु यादवलाई हटाउनासाथ प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिनु यादव अनसनमा बस्दा उनलाई प्रशासनको मुलगेटबाट हटाउने र निषेधित क्षेत्र घोषणा गर्ने प्रजिअ निरौलाको पूर्व तयारी नै थियो ।
विशेषतः बिनु यादव अनसन बस्दा प्रशासनिक काममा असर पुगेकोले नै निषेधाज्ञा जारी गर्न परेको सूचना अधिकारी प्रकाश प्रधानले बताए । उनले भने – बिनुको अनसनले प्रशासनको काममा बाधा पुग्यो, यस्तो घटना फेरी पनि हुन सक्ने हुनाले निधेषाज्ञा जारी गरिएको हो ।
प्रशासनले निषेधाज्ञा जारी गर्नु केवल नाटक मात्र भएको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । उनी भन्छन् – मन्थलीमा कुनै पनि हिंसात्मक कार्यहरू नभएको र हुने सम्भाव्यतापनि देखिएको छैन । प्रशासनले निषेधाज्ञा जारी गर्नु केवल नाटक मात्र हो ।
प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि मन्थलीमा शान्ति सुरक्षामा खलल पुग्ने खालका घटनाहरू भने केही देखिएका छैनन् । केही दिन अघि ५ दिन सम्म अनसन बसेर हिँडेकी रामेछाप नगरपालिका वडा नं १ की बिनु यादवले पुनः अनसन बस्न सक्ने वा उनको सम्भावित आगमनलाई मध्य नजर राखी रामेछाप प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको प्रष्ट भएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जलाउँदै गरेको लास बगायो लिखु खोलाले : केही मलामी सम्पर्क विहीन

Next Post

निषेधआज्ञा विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र

Next Post
निषेधआज्ञा विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र

निषेधआज्ञा विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.