Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निषेधआज्ञा विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र

Kumar Shrestha by Kumar Shrestha
January 29, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
निषेधआज्ञा विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र
134
SHARES
2.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिनोद बुढाथोकी सहित गएको टोलिले प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाएको हो । जिल्लाको मुख्य प्रशासकीय क्षेत्रमा निषेधित क्षेत्र तोकेपछि संघले त्यसको विरोध जनाएको हो । संघले २४ घण्टा भित्र प्रशासनको उक्त आदेश फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम गर्ने सम्मको चेतावनी समेत दिएको छ । प्रशासनको अनावश्यक चलखेल हस्तक्षेप नसहने र नागरिकको स्वतन्त्रता र निर्वाध रुपमा हिड्न, डुल्न, भेला हुन, कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि कुण्ठित गर्नु भनेको लोकतन्त्रको उपहास भएको ज्ञापन पत्रमा उल्लेख छ । रामेछाप जिल्लामा कुनै त्यस्तो हुल हुज्जात र अशान्ति फैलने कुनै पनि कार्य नभएकोले उत्त आदेशको फिर्ता लिन संघले माग गरेको ।

सोमबार नेपाली काँग्रेस जिल्ला पार्टी सचिव दीपक खड्का सहित नेविसंघ अध्यक्ष विनोद बुढाथोकीको नेतृत्वमा प्रशासन पुगेको नेविसंघ टोलीले रामेछाप जिल्ला शान्तिपूर्ण अवस्थामा निर्वाध ढंगले चलिरहेको अवस्थामा प्रशासनले आफ्नो अधिकारको अनावश्यक प्रयोग गरि आफू निम्छरो प्रशासन भएको पुष्टि गरेको साथै सिङ्गो प्रशासनको हुर्मत लिने यो निर्णयले नेपाल सरकार, गृह प्रशासनको बेइज्जत समेत भएका ज्ञापन पत्रमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले माघ १४ (आइतवार) देखि २ महिना सम्मका लागू हुने गरी मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा ५ जना भन्दा बडीमा भेला, धर्ना, घेराउ, अनसन र विरोध प्रदर्शन गर्न नर्पाइने भनि आदेश जारी गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पीडितको डरले प्रशासनको निषेधाज्ञा

Next Post

रामेछापका ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु

Next Post
रामेछापका ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु

रामेछापका ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.