Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु

Kumar Shrestha by Kumar Shrestha
January 31, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापका ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु
142
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेस रामेछापले मंगलवार एकै दिन जिल्लाको ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु गरेको छ । रामेछाप काँग्रेसले जिल्लाका वडामा पुगेर नागरिकको समस्या तथा गुनासा संकलन कार्य सुरु गरेको हो ।
अभियानलाई सार्थकता दिन गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पुगेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता परियारले नेपाली काँग्रेस गुट–उपगुट भन्दा माथि उठ्नु पर्ने बताइन् । अब काँग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्छ, जनताको दुखसुख बुझ्ने पार्टी नै काँग्रेस हो – परियारले भनिन् । परियारले विगत स्मरण गर्दै भनिन् – एमालेको नेतृत्वमा सरकार हुँदा एकलौटि ढंगबाट सरकार संचालन गरियो । संसदमा प्रतिनिधित्व गरेका पार्टीलाई समेत बेवास्ता गरी जनताले ल्याएको लोकतन्त्र, संविधान रहनेकी नरहने भन्ने अन्योलमा पु¥याइयो । लोकतन्त्रलाई खतराबाट जोगाउन काँग्रेस गठबन्धनमा जान बाध्य भयो ।
अभियानका क्रममा विकास निर्माणका विषयमा धेरै गुनासोहरू आएको हुँदा नागरिकहरूको गुनासो संकलन गरेर सदन सम्म पु¥याउने रामेछाप काँग्रेस पार्टी सभापति एवम् संघीय सांसद पूर्णबहादुर तामाङले बताए । उनले भने – जिल्लामा अन्यत्रबाट बाँदर ल्याई छोडेको र जिल्लामा बाँदरको आतंक धेरै भएको गुनासो नागरिकको छ । यसको नियन्त्रण गर्न बाँदरको विषयमा सदनमा पहिलेनै बोलेको र फेरी पनि सदनमा कुरा उठाउने प्रतिबद्धता गर्दछु ।
वस्तिमा, किसानको घरघरमा, युवा समूहमा, महिला समूह, वन समूह, कृषि समूहमा पनि यो अभियान पुग्ने रामेछाप काँग्रेसका उपसभापति लेखबहादुर कार्कीले बताए । उनले भने – काँग्रेस पुरानो पार्टी हो भनेर हामीले गरेको कामको प्रचार नगर्ने हो भने युवा पुस्ता माझ हाम्रो लोकप्रियता बढाउन कठिन हुन्छ । आजका युवा नतिजा चाहन्छन् । हामीले गरेको कामको प्रचारप्रसार गर्नै पर्छ । अब हामी घरघरमा पुगेर हामीले के ग¥यौँ सुनाउँछौँ, नागरिकलाई कस्तो काँग्रेस चाहिएको हो, सोध्छौँ ।
रामेछाप काँग्रेस जिल्ला कार्य समितिले खटाइएका प्रतिनिधिहरूबाट वडावडामा अनौपचारिक रूपमा अभियानको सुरुवात गरिएको रामेछाप काँग्रेसका सचिव दीपक खड्काले जानकारी दिए ।खड्काले भने – हामीले अभियानको सुरुवात गरेका छौँ । हामी माघ २६ गते सम्म नागरिकको घरघरमा पुगेर नागरिकका समस्या, वडा तहमा भइरहेका विकास निर्माण बारे स्थानीयहरूको धारणा र गुनासाहरू संकलन गर्नेछौँ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

निषेधआज्ञा विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र

Next Post

संघीय कानुनलाई चुनौती दिँदै प्रधानाध्यापक नियुक्ति

Next Post
संघीय कानुनलाई चुनौती दिँदै प्रधानाध्यापक नियुक्ति

संघीय कानुनलाई चुनौती दिँदै प्रधानाध्यापक नियुक्ति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.