Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

Kumar Shrestha by Kumar Shrestha
February 3, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल
175
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको पूँजीलाई उत्पादनसंग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवश मनाउन प्रमुख अतिथीका रुपमा मन्थली आई पुगेका उनले साकोस अभियानमा अहिले देखिएका केहि समस्या चुनौतिका रुपमा रहेको भएपनि सवैको साझा प्रयासबाट यसको सहि व्यबस्थापन संभव भएको बताए।

कार्यक्रममा बोल्दै संघका कोषाध्यक्ष दीपक थापाले जिल्ला भित्रको पूँजी जिल्लामा नै परिचालन गरेर सदस्यहरुको आर्थिक परिवर्तनमा सहकारी संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए। उनले सहकारी संस्थाले उदेश्य अनुसारको मात्र काम गर्नु पर्नेमा जोड दिदैं उदेश्य बाहिर गएर काम गर्दा अहिले केहि सहकारी संस्थामा समस्या आएको बताए।

मन्थली बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त स्थापना दिवशमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, बाल सदस्य र फरक क्षमता भएका ५४ जना सदस्यहरुलाई बिद्युतिय चुल्हो बितरण गरिएको थियो । संस्थाले जलबायू परिवर्तनको असरलाई समेत न्युनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले बिद्युतिय चुल्हो बितरण गरेको जनाएको छ ।

कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे , संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट लगायतका बक्ताहरुले संस्थाको गतिविधिका बारेमा आ आफ्नो धारणा राखेका थिए ।

रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक बर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै दिवश मनाउने गरेको छ । संस्थाले उक्त अवसरमा सदरमुकाम मन्थलीमा एक बिषेश कार्यक्रमको आयोजना गरी आफ्नो २७ औं स्थापना दिवश मनाएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खाँडादेवीमा आठौँ प्रोफेसनल तेक्वान्दो आईटीएफ् प्रतियोगिता सुरु

Next Post

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा एन.एम.बी. बैंकका कार्की चयन

Next Post
बिआइजी ग्रुप रामेछापको अध्यक्षमा एन.एम.बी. बैंकका कार्की चयन

बिआइजी ग्रुप रामेछापको अध्यक्षमा एन.एम.बी. बैंकका कार्की चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.