Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवीमा आठौँ प्रोफेसनल तेक्वान्दो आईटीएफ् प्रतियोगिता सुरु

Kumar Shrestha by Kumar Shrestha
February 2, 2024
in खेलकुद, जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
खाँडादेवीमा आठौँ प्रोफेसनल तेक्वान्दो आईटीएफ् प्रतियोगिता सुरु
58
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। जिल्लाको खाँडादेवी गाउँपालिकामा आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटीएफ प्रतियोगिता सुरु भएको छ । आज र भोली हुने प्रतियोगितामा देश भरका ४४ खेलाडीले भाग लिएका छन् ।

प्रतियोगितामा महिलाहरूको ४७ देखि ५५ र पुरुष तर्फ ५० देखि ५७ केजी समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका आयोजक संस्था नेपाल तेक्वान्दो आइटीएफ रामेछापका अध्यक्ष धनराज तामाङले बताए ।

प्रतियोगितामा सातवटै प्रदेश, विभागीय टिमहरू नेपाल आर्मी क्लब, एपीएफ क्लब तथा नेपाल पुलिस क्लब र आयोजक टिमका खेलाडीले भाग लिएका छन् । महिला र पुरुष दुवै तर्फ एउटा टिमबाट दुई/दुई जना खेलाडीले भाग लिएका छन् ।

नेपाल तेक्वान्दो आइटीएफ रामेछापको आयोजना तथा खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिकाको वडा नं ७ को सहआयोजनामा प्रतियोगिता भएको हो ।

 प्रतियोगिताको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले दीप प्रज्वलित गरी उद्घाटन गरे । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष दुवै तर्फका खेलाडीले नगद ५० हजार, ४० हजार र ३० हजार रुपैँया प्राप्त गर्ने छन् । विजेता खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

समुदायमा काँग्रेस अभियान रामेछापको बेतालीमा जारी

Next Post

सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

Next Post
सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नु पर्छ - नेप्स्कुन अध्यक्ष ढकाल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.