रामेछाप । पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन भएका छन् । शनिवार मन्थलीमा भएको संरक्षण समाजको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गोपाल नेपालीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा लक्ष्मण नेपाली, सचिवमा राजन सुन्दास र कोषाध्यक्षमा रामहरि दमाईलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरूमा कमला सुन्दास माझी, विनायक नेपाली, गोपाल दमाई, सरोज नेपाली र रामु नेपालीलाई सर्वसम्मत चयन गरेको छ ।
नेपाली मौलिक पञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले २०७४ सालमा ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा पञ्चेबाजा संरक्षण समाज रामेछाप गठन भएको थियो । पञ्चेबाजा संरक्षण समाज रामेछापले जिल्लामा हुने विभिन्न कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै आएको छ ।समाजले पञ्चेबाजा संरक्षणका लागि विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।
मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा पञ्चेबाजा संरक्षण समाज रामेछापको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको थियो ।