Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नारावाजीमा उत्रिए पत्रकारिताका ‘अग्रज अनुहार’, विमोचन गर्न तयार पुस्तक च्यातियो

जनता भ्वाइस by जनता भ्वाइस
February 12, 2024
in ब्यानर समाचार, समाचार
0
नारावाजीमा उत्रिए पत्रकारिताका ‘अग्रज अनुहार’, विमोचन गर्न तयार पुस्तक च्यातियो
1.9k
SHARES
6.7k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा नारावाजी भएको छ ।आज महासंघको प्रदेश प्रतिष्ठान समितिले ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहको आयोजना गरेको थियो ।

तर, उक्त पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघले विरोध जनाएको हो ।

संघ आबद्ध पत्रकाररूले विमोचन समारोह बिथोल्नुका साथै पुस्तकसमेत च्यातेका छन् ।

नेपाल पत्रकार महासंघले २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएपछि आफूहरूले विरोध जनाएको आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको नेतृत्वमा ९ वैशाख २००८ मा नेपाल पत्रकार संघ गठन भएको थियो । महासंघले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुंगो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराएको लिम्बूले बताए । गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न महासचिव लिम्बूले शनिबारै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पञ्चेबाजा संरक्षण समाजको अध्यक्षमा गोपाल नेपाली चयन

Next Post

जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी

Next Post
जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी

जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.