Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी

राजन महतारा by राजन महतारा
February 12, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार, स्वास्थ्य
0
जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी
1.2k
SHARES
4.5k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । केही दिनदेखि जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखि अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरू थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । अहिले अस्पतालमा ज्वरो,निमोनिया र दमका बिरामीहरू धेरै बढेको उनको भनाई छ । उनका अनुसार ओपिडीमा पनि दैनिक एक सयको हाराहारीमा बिरामीहरू उपचारको लागी आउने गरेका छन् ।
सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि निजी अस्पताल र क्लिनिकमा जाने क्रम बढ्दो छ तर जिल्ला अस्पताल रामेछापले पछिल्लो समय बिरामीको मन जित्ने गरी काम गर्न थालेको हो ।
अस्पतालले सेवाहरू थप गरेसँग बिरामी भएर काठमाडौँ जानुपर्ने बाध्यता हटेको रामेछाप नगरपालिका ७ का शिव बस्नेतले बताए । “हामी सामान्य बिरामी हुँदा पनि राजधानीको अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । अहिले सबै सेवा यही उपलब्ध छ,सहज रूपमा जिल्लाकै अस्पतालमा सेवा पाउँदा खुसी लागेको छ,”उनले भने ।
रामेछाप नगरपालिका ८ की शान्ति तामाङले बच्चालाई निमोनिया भएर अस्पताल भर्ना गरेकी छन् । ४ दिनदेखि आफ्नो बच्चालाई अस्पताल भर्ना गरिएको बताउँदै उनले अस्पतालका चिकित्सकहरूको राम्रो व्यवहार र गुणस्तरीय सेवाले नै अस्पताल प्रति विश्वास बढ्दै गएको बताइन् ।
पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको रामेछाप नगरपालिका ७ का विष्णु महताराले बताए । उनका अनुसार अस्पतालप्रति नागरिकहरूको विश्वास बढ्दै गएको छ ।
अस्पतालमा आकस्मिक प्रसूतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसूति सेवा लिनेको संख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसूति सेवा लिनेको संख्या दोब्बरले बढेको अस्पतालका प्रसूति रोग विशेषज्ञ डाक्टर मनोज यादवले बताए । उनले भने,“१ सय भन्दा बढी महिलाहरूको शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ । सबै शल्यक्रियाहरू सफल भएका छन् । शल्यक्रिया गरिएका सबै आमा र बच्चाको अवस्था राम्रो छ । यो हाम्रो ठुलो सफलता हो ।”
जिल्ला अस्पताल रामेछापमा अहिले आइसियु,भेन्टिलेटर,कल्चर सेवा,जनरल ओपिडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, डाइलसिसका साथै हर्नियाँ, हाइड्रोसिल, दाँत र आँखाको उपचार सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध छन् । अस्पतालले जनरल शैया समेत निःशुल्क गरेको छ । अहिले १५ शैयाको रहेको यो अस्पताललाई बाग्मती प्रदेश सरकारले ५० शैयाकोे बनाउने निर्णय समेत गरेको छ । अस्पताल ५० शैयाको हुने बित्तिकै अस्पतालले अन्य सेवाहरू थप गर्ने जनाएको छ ।

Author

  • superadmin
    superadmin

    View all posts
Previous Post

नारावाजीमा उत्रिए पत्रकारिताका ‘अग्रज अनुहार’, विमोचन गर्न तयार पुस्तक च्यातियो

Next Post

बिरामी बोक्ने एम्बुलेन्सले बोक्यो चामल

Next Post
बिरामी बोक्ने एम्बुलेन्सले बोक्यो चामल

बिरामी बोक्ने एम्बुलेन्सले बोक्यो चामल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...