Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखुमा पानीको अभाव, मुहान खोज्दै गाउँपालिका

जनता भ्वाईस by जनता भ्वाईस
February 13, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
लिखुमा पानीको अभाव, मुहान खोज्दै गाउँपालिका
524
SHARES
6.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र ५ का नागरिकलाई पिउन पानीको अती समस्या भएकोले समाधानका गर्न पानीको मुहानको खोजीका लागी आफै हिँडेका हुन् उनी ।
लिखुतामाकोशी गाउँपालिकाको वडा नं. ३ काङ्बा, वडा नं. ४ बिजुलीकोट र वडा नं. ५ नागदहमा पिउन पानीको समस्या रहेको स्थानीयहरू बताउँछन् । स्थानीयका अनुसार यहाँका नागरिकहरू पिउने पानीको अभावमा सधैँ काकाकुल जस्तै बन्ने गरेका छन् ।
लिखुतामाकोशी गाउँपालिकाका तीन वटा वडामा पानीको व्यवस्थित स्रोत र वितरण हुने माध्यम नहुँदा समस्या हुने गरेको हो । पानीको अभावका कारण यस वडाका महिलाहरूलाई विशेष समस्या भएको छ । पानी भर्ने जिम्मेवारी समालेका महिलाहरूले पानी बोक्नमै दिन बिताउनु पर्दा बालबालिकाको स्याहार समेत गर्न नपाएको स्थानीय महिलाहरूको गुनासो छ ।
पालिकाको वडा नं. ३ मा लगभग ५ सय घरधुरीलाई पिउने पानीको समस्या रहेको वडाध्यक्ष गोपालराज तामाङ बताउँछन् । उनी भन्छन् – यहाँका नागरिकहरू अझै पनि गाग्रो डोकोमा हालेर पानी बोक्दै जीविकोपार्जन गर्दै आउनुभएको छ । हामीले चाहेर पनि नागरिकको घरघरमा धारा र धारामा पानी पु¥याउन सकेका छैनौँ ।
पालिकाको वडा नं. ४ मा लगभग ८ सय घरधुरीलाई पिउने पानीको समस्या रहेको वडाध्यक्ष दीपक पुलामी मगर बताउँछन् । उनी भन्छन्– यहाँको नागरिकले अझै पनि पुरानै शैलीमा पानीको आवश्यकता पुरा गर्दै आउनु भएको छ ।
पालिकाको वडा नं. ५ मा लगभग ८ सय घरधुरीलाई पिउने पानीको समस्या रहेको वडा अध्यक्ष रोमबहादुर तामाङ बताउँछन् । उनी भन्छन् – यहाँका नागरिकहरूलाई पिउने पानीको धेरै समस्या छ । अहिले नागरिकहरूले पुराना धारा तथा कुवा संरक्षण गरेको पानीको आवश्यकता पुरा गर्दै आउनु भएको छ । अहिले पनि बिहान बेलुका पालैपालो पानी लिन जाने गर्नुहुन्छ उहाँहरू । त्यही पानी पनि पर्याप्त भने छैन । नागरिकको घरघरमा पानी पु¥याउन हामी मुहानको खोजीमा लागेका छौँ ।
गणतन्त्रले गाउँगाउँमा सिंहदरबार पु¥याए पनि नागरिकको घरघरमा पिउने पानी पु¥याउन नसकेको पालिका अध्यक्ष महत बताउँछन् । महत भन्छन् – हामी नागरिकको सेवाका लागी आएका हौँ । हामीलाई नागरिकले उहाँहरूको दुख सुखमा साथ दिन प्रतिनिधि खटाउनु भएको हो । तसर्थ लिखु तामाकोशी गाउँपालिका नागरिकको समस्यालाई समाधान गर्न हरतरहले प्रयासरत छ ।
महतले भने – पालिकाका वडा नं. ३, ४ र ५ मा पानीको मुहान समेत नभएको कारणले यहाँ पिउने पानीको समस्या भएको हो । हामी मुहानको खोजीमा हिँडेका पनि छौँ । हामीले पालिकाको वडा नं. १ र २ को सिमानाको कान्ले खोलामा मुहान हेरेका छौँ । यहाँको मुहानको पानीले केही हद सम्म पिउन पानीको आवश्यकता परिपूर्ति गर्नेछ । हामी अरू मुहानको खोजीमा समेत लागीरहेका छौँ ।
कान्ले खोलाको पानी वडा नं. ३, ४ र ५ मा ल्याउन आउँदो आर्थिक वर्षमा पालिकाले बजेट व्यवस्थापन गर्ने पनि अध्यक्ष महतले बताए । महतले भने – हामी पालिका स्तरबाट बजेट व्यवस्थापन गर्छौँ । लिखूतामाकोशीका नागरिकलाई पिउने पानीको व्यवस्थापन गर्न प्रदेश सरकारलाई अनुरोध गर्छौँ, केन्द्रीय सरकारलाई अनुरोध गर्छौँ । प्रदेश तथा केन्द्रीय मन्त्रालयको ढोकामा कुरेर भए पनि बजेट व्यवस्थापनका लागी खट्नेछु । जसरी पनि लिखुका नागरिकलाई पिउने पानीको व्यवस्थापन गर्नेछु ।

Author

  • जनता भ्वाईस
    जनता भ्वाईस

    View all posts
Previous Post

नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष भट्टराईको निधन

Next Post

टुङ्गो लाग्यो महासमिति

Next Post
टुङ्गो लाग्यो महासमिति

टुङ्गो लाग्यो महासमिति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.