Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टुङ्गो लाग्यो महासमिति

जनता भ्वाईस by जनता भ्वाईस
February 13, 2024
in ब्यानर समाचार, समाचार
0
टुङ्गो लाग्यो महासमिति
339
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमिति सदस्यको टुङ्गो लगाएको छ । फागुन १ गते मतदान गर्न निर्वाचन प्रक्रिया अगाडि बढाएको काँग्रेस रामेछापले सहमतिमा नै महासमिति सदस्य चयन गरेको छ ।
नेपाली काँग्रेस रामेछापका शीर्ष नेताहरूको सहमतिबाट ध्रुवहरि ढुङ्गेल, झपडराज भण्डारी, नरबहादुर थापा मगर, केशव चालिसे, रत्न कार्की खुल्ला तर्फ महासमिति सदस्य चयन भएका छन् । त्यस्तै महेश कार्की खसआर्य, जितेन्द्र मोक्तान जनजाति, गंगा अधिकारी र विनीता खड्का खुल्ला महिला, कुमारी हायु जनजाति महिला र बलबहादुर परियार दलित कोटाबाट महासमिति सदस्य चयन भएको काँग्रेस रामेछाप सचिव दीपक खड्काले बताए । उनले भने – सहमति बाटै सदस्य चयन गर्नु सकारात्मक पक्ष भए पनि महासमिति सदस्य टुङ्ग्याउने प्रक्रिया विधि सम्मत भएन । मनोनयन दर्ता गरेका उम्मेद्वारहरुसँग छलफल नगरी अन्तिम निर्णयमा जानू गलत हो ।

सहमति र छलफलबाटै सदस्य मनोनीत गरिएको नेपाली काँग्रेस रामेछापका निवर्तमान सभापति लवश्री न्यौपानेले बताए । निर्वाचन समितिका संयोजक कुशप्रसाद दहाल भने फोनकलको कुनै प्रतिक्रिया नदिई बसेका छन् ।
निर्वाचन समिति तथा काँग्रेस रामेछापबाट भने महासमितिको विषयमा प्रस्ट धारणा आएको छैन । सामाजिक सञ्जालमा महासमिति सदस्य चुनिएकाहरूलाई उनीहरूका शुभेच्छुकहरूले बधाई तथा शुभकामना दिन थाली सकेका छन् । स्रोतका अनुसार निर्वाचन समितिले चुनिएका महासमिति सदस्यहरूलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिसेको छ ।

Author

  • जनता भ्वाईस
    जनता भ्वाईस

    View all posts
Previous Post

लिखुमा पानीको अभाव, मुहान खोज्दै गाउँपालिका

Next Post

इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन

Next Post
इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन

इश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.