Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फोनिज बागमती प्रदेश अध्यक्ष श्रेष्ठ सहित ६ जना पुरस्कृत

Kumar Shrestha by Kumar Shrestha
February 17, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
फोनिज बागमती प्रदेश अध्यक्ष श्रेष्ठ सहित ६ जना पुरस्कृत
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रामेछापका पत्रकार युवराज श्रेष्ठ सहित ६ जना पत्रकारलाई नेवा: पत्रकार राष्ट्रिय दबूले नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको छ । १२ औँ साधारण सभाको अवसरमा शनिवार नेवा: पत्रकार राष्ट्रिय दबूले तिन जनालाई विशेष सम्मान समेत गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहेका झंकार एफएम ९७.५ मेगाहर्जका स्टेसन म्यानेजर श्रेष्ठलाई नगद २० हजार सहित ज्ञानदेवी– मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार बाट सम्मान गरेको हो । ज्ञानदेवी– मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार ललितपुर जिल्लामा पहिलो अपाङ्गमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोती शान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेको हो ।

त्यस्तै गरी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्क तथा नेपाल मण्डल टेलिभिजनमा क्रियाशील वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायलाई प्रदान गरिएको छ । सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ ।

त्यसै गरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले निकाला गरेका आठ भिक्षुमध्ये एक भिक्षु कुमार काश्यप महा स्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गरेको भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मेट्रो एफएममा क्रियाशील उदेन मानन्धरलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

देव शोभा कंसकारद्वारा स्थापित अग्रधम्मान्ुदाता ज्ञान ज्योति–लक्ष्मी प्रभा स्मृति पत्रकारिता पुरस्कार माउन्टेन टेलिभिजनका नेपाल भाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्यलाई प्रदान गरिएको थियो । यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । त्यसै गरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराज ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौँका फोटो पत्रकार बुद्ध शरण शाहीलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ । विजयराम कर्माचार्यद्वारा स्थापित श्रीराम स्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको छ ।

पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष समेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनिल महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकास, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक,भौगोलिक र लगायत पक्षलाई आधारका रूपमा पुरस्कारका लागि ती पत्रकारहरूको नामावली सिफारिस गरेको जानकारी दिए ।

साथै तीन जना पत्रकारलाई विशेष सम्मान गरिएको छ । सञ्चारमाध्यमको समावेशीकरण र नेपाल भाषा र संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको छ । उनीहरू सबैलाई बागमती प्रदेशका उद्योग मन्त्री रामकृष्ण चित्रकारले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

वनभोज खाने क्रममा सर्केर रामेछाप नगर प्रमुखका स्वकीय सचिव  लक्ष्मण श्रेष्ठको मृत्यु

Next Post

राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन

Next Post
राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन

राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.