दोलखा । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन भएका छन् । शुक्रवार चरिकोटमा भएको भेलाले आचार्यको अध्यक्षतामा जिल्ला शाखा विस्तार गरेको हो । जीवन लामाको संयोजकत्वमा भएको भेलाले उपाध्यक्षमा तारादेवी बस्नेत, सचिवमा गोविन्द थामी र कोषाध्यक्षमा सुजन थामी चयन गरेको प्रदेश सचिव कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रकाश बस्नेत, अनिता लामा र हिरालाल विश्वकर्मा सदस्यमा चयन भएका छन् ।
प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, एनएफपीजे नेपालका केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ, सदस्य प्रदीप श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतका दोलखाका क्रियाशील पत्रकारहरूको उपस्थितिमा शाखा विस्तार गरिएको थियो ।
बागमती प्रदेशका १३ वटै जिल्लामा चाँडै नै आफ्नो कार्यसमितिले शाखा विस्तार गर्ने प्रदेश अध्यक्ष नारायण सिलवालले बताए ।