रामेछाप । नेपाली काँग्रेसका प्रभावशाली भातृ संगठनको रुपमा पहिचना बनाएको नेपाल तरुणदल रामेछापले आफनो जिल्ला सम्मेलन आगामी चैत ३ गते सदरमुकाम मन्थलीमा गर्ने भएको छ । शनिवार मातृ पार्टी नेपाली काँग्रेसको कार्यालयमा संगठनका अध्यक्ष दीनेश खड्काको अध्यक्षतामा वसेको बैठकले सम्मेलनमा युवाहरुको अर्थपुर्ण र उत्साह पुर्ण भेला गराई संगठनको गतिविधिलाई पुर्नताजगि दिनका लागि उक्त सम्मेलनको आयोजना गर्न लागिएको तरुण दलका जिल्ला अध्यक्ष काजी बहादर खड्का दीनेशले जानकारी दिए ।
जिल्ला समिति संगै आठ वटै स्थानीय तहमा गठन भएको तरुणको संगठनलाई भेलाले थप उर्जाशील र अनुसासीत बनाउँदै दलको भेलाले गरेको निर्णयका आधारमा सांगठनिक विस्तारका लागि मार्ग चित्र निर्माण गर्ने गरि काम गर्ने पनि अध्यक्ष खड्काले बताए । सम्मेलनमा जिल्ला भरीका तरुण युवा हरूको ब्यापक सहभागिता रहनुका साथै सांगठानीक गतिविधिलाई विस्तार गराउन पनि भेलालाई वरदान सावित गराउने निर्णय पनि बैठकले गरेको छ ।
दलका अध्यक्ष काजी बहादुर खड्काले गोकुल गंगा गाउँपालीकाको अध्यक्षको जिम्वारी पाएपछि प्राय क्रियाशिल हुन नसकेको नेपाल तरुण दलको भेलामा जिल्ला भरिका युवाहरुलाई उतार्नका लागि जिल्ला समितिलाई पुर्णत दिने निर्णय पनि वैठकले गरेको छ । यसका लागि मातृपार्टि नेपाली काँग्रेस सँग समन्वय गरि काम अघिबढाउने पनि निर्णय भएको छ ।
केन्द्रीय सदस्यहरू क्रमशः दीपेन्द्र खड्का, सौरव केसी, योगेश श्रेष्ठ र रमेश खड्का समेतको विशेष उपस्थितिमा बसेको बैठकले भेलालाई ऐतिहाँसिक र अर्थपुर्ण बनाउनका सवै प्रकृया अवलम्बन गर्नै निर्णय समेत निर्णय गरेको दलका जिल्ला सह–सचिव जीवन कार्कीले जानकारी गराए । भेलापछि तरुण दलले आफनो साँगठनिक अभियान लाई गाउँ गाउँ सम्म लैजाने पनि सह सचिव जीवन कार्कील जानकारी गराए ।