Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मोतियाबिन्दुको अप्रेसनमा जाँदा आउँदा लाग्ने खर्च पालिकाले दिने

Kumar Shrestha by Kumar Shrestha
February 26, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
रनिङ शिल्डमा खेलाडी घाइते भए  गोकुलगंगा  गाउँपालिकाले उपचार गर्ने
687
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मोतियाबिन्दु भएका आँखाका रोगीहरूको अप्रेसन गर्न जाँदा लाग्ने खर्च समेत गोकुलगंगा गाउँपालिकाले दिने भएको छ। पालिकाले संचालन गरेको आँखा शिविरमा जाँच गर्न आएका मोतियाबिन्दु भएका रोगीहरूको अप्रेसन गर्न जाँदा लाग्ने खर्च पालिकाले नै दिने भएको हो ।
गोकुलगंगा गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान तथा रामेछाप सर्जिकल आँखा केन्द्रको संयुक्त आयोजनामा भएको आँखा शिविरमा २२ जनामा मोतियाबिन्दु रोग लागेको पाइएको थियो । ती रोगीहरूको अप्रेसनमा जाँदा लाग्ने यातायात खर्च, खाना तथा खाजा खर्च समेत पालिकाले व्यवस्था गर्ने पालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताए।
पालिकाको नामाडी स्वास्थ्य चौकी, गोकुलगंगा अस्पताल रस्नालु, ठोसे स्वास्थ्य चौकी र चुचुरे वडा कार्यालयमा फागुन ६ गते देखि १२ गते सम्म संचालन गरिएको आँखा शिविरमा ५ सय ४५ जनाले आँखा परीक्षण गरेका थिए । परीक्षण गरेका मध्ये २२ जनामा मोतियाबिन्दु देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागिर रायले बताए ।
मोतियाबिन्दु देखिएकाहरूको फागुन १६ गते देखि उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तिभण्डारमा हुने शिविरमा निशुल्क अप्रेसन हुने पनि रायले जानकारी दिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

चैत्रमा ‘तरुण दल रामेछापको जिल्ला सम्मेलन’ हुने

Next Post

सेवाग्राहीको मन जित्दै मन्थली अस्पतालमा

Next Post
सेवाग्राहीको मन जित्दै मन्थली अस्पतालमा

सेवाग्राहीको मन जित्दै मन्थली अस्पतालमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.