Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सेवाग्राहीको मन जित्दै मन्थली अस्पतालमा

Kumar Shrestha by Kumar Shrestha
February 26, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
सेवाग्राहीको मन जित्दै मन्थली अस्पतालमा
998
SHARES
5.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गुणस्तरीय सेवा दिँदै सेवाग्राहीको मन जित्दै आएको जिल्लाको मन्थली नगरपालिकाको मन्थली अस्पतालले बिरामीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ । बिरामीको सधैँ चाप हुने अस्पतालले संचालन गरेको शिविरमा दुई सय बढीले सेवा लिएका छन् ।
सरकारी अस्पतालको विश्वासमा कमी आइरहेको अवस्थामा मन्थली अस्पतालले भने नागरिकको मन जित्दै आएको मन्थली नरपालिका वडा नं. २ की माइली तामाङले बताइन् । उनले भनिन् – मन्थली अस्पतालको सेवा राम्रो हुँदै गएको रहेछ । अब हामी जस्ता गाउँबाट उपचारका लागी आउनेलाई धेरै सजिलो हुने भयो ।
वडा नं. २ कै लोकमान श्रेष्ठ पनि मन्थली अस्पतालको सेवा प्रति खुसी देखिए । उनले भने – घरबाट नजिकै पर्छ मन्थली अस्पताल । यही राम्रो सेवा पाइन थालेको छ । बिरामी हुँदा राजधानी नै कुदी हाल्न पर्दैन सायद अब ।
अस्पतालले शनिवार संचालन गरेको नाक, कान तथा घाँटी सम्बन्धी स्वास्थ्य शिविरमा २ सय ७ जनाले सेवा लिएको मन्थली अस्पतालले बताएको छ ।
शिविरमा १२१ जनाले नाक कान तथा घाटी र ८६ जनाले भिडियो एक्स–रे सम्बन्धी सेवा लिएको अस्पतालका डा. समीर क्षेत्रीले जानकारी दिए । शिविरमा नाक कान तथा घाँटी सम्बन्धी समस्याहरू पिनास, रुघा लागिरहने, कान दुख्ने पाक्ने, पिप बगिरहने, कान कम सुन्ने, टनशील तथा घाँटीको सम्बन्धी समस्याहरूको जाँच तथा उपचार गरिएको क्षेत्रीले बताए ।
मन्थली नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले बताए । शिविर मार्फत नागरिकले आफ्नो गाउँघरमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाइरहेका छन् उनले भने ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मोतियाबिन्दुको अप्रेसनमा जाँदा आउँदा लाग्ने खर्च पालिकाले दिने

Next Post

रामेछापको मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल

Next Post
रामेछापको मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल

रामेछापको मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.