Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल

Kumar Shrestha by Kumar Shrestha
February 27, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापको मन्थली बाहेकका स्थानीय तहमा छैन दमकल
358
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

राजन महतारा ।
रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगलागीका घटनाहरू हुने गरेका छन् । आगलागीले हरेक वर्ष वनजंगल,पशुपक्षी,धनमाल र मानवीय क्षति समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले अस्पताल क्षेत्र नै जोखिममा परेको थियो । राति लागेको आगो नियन्त्रण गर्न निकै समस्या परेको थियो ।
यसरी हरेक वर्ष आगलागीबाट लाखौँको क्षति हुने गरेको भएपनि रामेछाप नगरपालिकासँग दमकल छैन । आगो निभाउन मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ । नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले दमकल खरिद गर्ने योजना नै नरहेको बताए । उनले भने हामीसँग दमकल खरिद गर्ने क्षमता छैन ।
रामेछापको आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि मन्थली नगरपालिकासँग मात्र दमकल छ । रामेछाप नगरपालिका,खाँडादेवी,सुनापती,दोरम्बा शैलुङ,गोकुलगंगा,लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा दमकल छैन । यी पालिकाहरूले मन्थली नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जिल्लामा मात्रै नभएर छिमेकी जिल्लामा समेत ठूलो आगलागी भएको बेला मन्थली नगरकै दमकल जाने गरेको बताए । आगलागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने जिल्ला वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवले बताए । उनले भने जिल्लामा ३ वटासम्म दमकल हुने हो भने आगो नियन्त्रणमा सहज हुने थियो ।
अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् । पालिकामा दमकलको आवश्यकता महसुस गरेपनि भौगोलिक विकटता तथा खर्चिलो हुने भएका कारण दमकल खरिद नगरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताए । उनले भने सबै ठाउँमा दमकल पुग्न सक्ने सडक पनि छैन ।
जिल्लाका सबै स्थानीय तहमा दमकलको आवश्यकता रहेपनि बजेटको अभावमा धेरै स्थानीय तहले खरिद गर्न नसकेको हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको भनाई छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, स्थानीय सरकारका प्रमुखहरूले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै दमकल खरिदका लागी चासो दिने गरेका छैनन् ।
जिल्लामा आगलागी नियन्त्रणको पूर्व तयारी शून्य
अब गर्मीयाम सुरु हुँदैछ । गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढी हुन्छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्व तयारी भने शून्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ ।
खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेका छन् । बनसँगै बस्ती पनि जोडिएर रहेकाले बढी डर हुने रामेछाप नगरपालिका ८ का स्थानीय मनोज तामाङ्गले बताए । आगलागीको जोखिम धेरै भएपनि सम्भावित घटना नियन्त्रणका लागि कुनै निकायको पूर्व तयारी नदेखिएका उनको भनाई छ।
विभिन्न स्थानमा पानी जम्मा गरी राख्ने,क्षति कम गर्न ठाउँ ठाउँमा अग्नि नियन्त्रण रेखा बनाउने, आगलागी भएमा अपनाउनुपर्ने सचेतनाबारे स्थानीय स्तरमा जानकारी गराउने जस्ता काम आगलागी हुनुअघि नै गर्नुपर्ने भएपनि कुनै निकायबाट त्यस्तो काम नभएको रामेछाप नगरपालिका ७ का प्रभुराम महताराले बताए ।
डिभिजन वन कार्यालयले ५ महिनाको लागी अग्नि नियन्त्रक भनेर १० जनालाई जागिर खुवाएपनि उनीहरूको काम कार्यालयमा बसेर घाम ताप्ने भन्दा बाहेक अरू केही नदेखिएको रामेछाप नगरपालिका ७ की गंगा बस्नेतले बताइन । जिल्लाका विभिन्न ठाउँमा हरेक वर्ष आगलागी हुँदा नेपाली सेना र स्थानीयको सक्रियतामा नियन्त्रण गरिँदै आइएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सेवाग्राहीको मन जित्दै मन्थली अस्पतालमा

Next Post

पत्रकार महासंघलाई फोनिजको ७ दिनको अल्टिमेटम

Next Post
पत्रकार महासंघलाई फोनिजको ७ दिनको अल्टिमेटम

पत्रकार महासंघलाई फोनिजको ७ दिनको अल्टिमेटम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.