Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रदेश भरिका होटल व्यवसायी मन्थलीमा

जनता भ्वाइस by जनता भ्वाइस
March 17, 2024
in समाचार
0
प्रदेश भरिका होटल व्यवसायी मन्थलीमा
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले जिल्लाको मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायीहरूलाई भित्र्याएर कार्यक्रम गरेको छ ।

संघले चौथो साधारण सभालाई अवसर बनाएर रामेछापको सदरमुकाम मन्थलीको तीनलाल पार्कमा होटल व्यवसायी भेला गरेको हो ।

संघले मन्थलीमा आयोजना गरेको कार्यक्रमले आन्तरिक पर्यटनको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने संघीय सांसद एवम् कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर तामाङ (कान्छाराम) बताए ।

खस्कँदो अवस्थामा रहेको आर्थिक मन्दीका कारण पर्यटन तथा होटल व्यवसायीहरूमा परेको समस्यालाई समाधान गर्न संघको साधारण सभाले कोसे ढुंगा साबित हुने बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले बताए ।

बागमती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई सफल बनाउन साधारण सभा प्रभावकारी भएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए । उनले भने – साधारणसभाले मन्थलीको पर्यटनको विकासमा टेवा पु¥याउने विश्वास लिएका छौँ ।

प्रहरी प्रशासनले होटलहरुलाई समय सीमा लगाएर होटल व्यवसायी हरुलाई व्यवसाय गर्न असहज भएको होटेल तथा पर्यटन व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले वताए । चुकेले रातको समयमा पाहुनाहरु आउने र प्रशासनले होटल खोल्न नदिने हुदाँ पर्यटक तथा पाहुनाहरुलाइ स्वागत गर्न नसकिएको बताए ।

सभाले मन्थली घोषण पत्र समेत जारी गरेको पनि आयोजक पक्षले जनाएको छ । साधारण सभा पश्चात् रामेछापको पर्यटन प्रवर्द्धनका लागि सात वटै प्रदेशका व्यवसायीहरूको बिचमा अन्तरक्रिया गर्ने र उक्त अन्तरक्रिया रामेछाप पर्यटन विकासका लागि मन्थली घोषणा पत्र तयार गर्ने कार्यक्रम रहेको पनि संघको बागमती प्रदेश अध्यक्ष नेपालले जानकारी गराए । यो सँगै नयाँ कार्यसमितिले एक वर्षमा गरेका कामका बारेमा समीक्षा गरी आगामी दिनमा संघबाट गरिने कामका बारेमा योजना निर्माण गर्ने समेत नेपालले जानकारी दिए । भेलाले कोरोना भाइरस कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीका कारण धराशायी बन्दै गएको होटेल व्यवसायीलाई केही मात्रमा भए पनि उठाउने विश्वास पनि आयोजक पक्षले लिएको छ ।

होटेल तथा पर्यटन व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुके, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापा मगर लगायतका वक्ताहरूले शुभकामना दिए ।

आजको गन्तब्य टुडे दैनिक पत्रिकामा प्रकाशित छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी

Next Post

अनेरास्ववियुद्वारा आगलागी प्रभावित विद्यार्थीलाई सहयोग

Next Post
अनेरास्ववियुद्वारा आगलागी प्रभावित विद्यार्थीलाई सहयोग

अनेरास्ववियुद्वारा आगलागी प्रभावित विद्यार्थीलाई सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.