Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी

जनता भ्वाइस by जनता भ्वाइस
March 19, 2024
in ब्यानर समाचार, समाचार
0
आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी
1.2k
SHARES
6.9k
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगरपालिका–९ राताटारबासीको खुसी छिनभरमै खरानी भयो । गत बिहीवार सोही वडाको हर्देनी सामुदायिक बनबाट बस्तीमा पसेको आगोको झिल्कोसँगै राताटारवासीमाथि बज्रपात भयो । छिनभरमै बस्ती खरानीमा परिणत भयो । सिङ्गो गाउँमा सन्नाटा छायो । आगोको मुस्लोले हेर्दाहेर्दै थलोमा बाँधिएका पशु चौपायाहरूको प्राण लियो । पशु चौपाया बाँधिएका थलो वधशालामा परिणत भयो ।

खरकै छानोलाई टिनमा बदल्ने सपना बोकेर पैसा बटुल्दै राखेका राताटारवासीको मेहनतको कमाई समेत आगोले खरानी बनाई दियो । आगोले मानकुमारी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रमेश श्रेष्ठ र लक्ष्मी तामाङलाई त्रिपाल मुनी रात कट्न विवश बनायो ।

आगोले जलेर मानकुमारी श्रेष्ठको मात्र १२ वटा बाख्रा मरेका छन् । उनको घरभित्रका अन्नपात समेत पूर्णरुपमा जलेको छ । मानकुमारी मात्र होइन आगलागी भएका १३ घर परिवारकै मानिसले घरभित्रको अन्नपात, भाँडाकुँडा, पैसा तथा गरगहना केहीपनि निकाल्न पाएनन् । मानकुमारीको जस्तै अरूले जीवनयापनका लागि जोहो गरेका आफ्ना सामानहरू आगोले खाइदियो ।

बितेका जिन्दगीको झिनोझिनो आसा जोडेर बाँकी जिन्दगी केही राम्रो बनाउने सपना देखिरहेका राताटारवासीको लक्ष्यलाई आगोको एक झिल्कोले शून्यतामा झारिदियोे । पशुचौपाय पालेर, खेती किसानी गरेर जीविकोपार्जन गरिरहेका उनीहरूलाई आपतको भड्खालोमा होमिदियो आगोको झिल्कोले । छिनभरमै बेघर बने राताटारवासी ।
वडाको हर्देनी सामुदायिक बनमा लागेको आगो बस्तीमा प्रवेश गर्दा १३ वटा घर र १४ वटा गोठहरू जलेर पूर्णरुपमा नष्ट भए । आगोमा जलेर ४२ वटा बाख्रा तथा आधा दर्जन गाई भैँसी मर्दा २ करोडभन्दा बढीको क्षति भएको छ ।

मानकुमारी श्रेष्ठ र सोममाया तामाङ जलेको घरको खरानी हेर्दै बसेका थिए । उनीहरूका आँखा आँशूले टिल्पिलाएका देखिन्थे । उनीहरूको आँखामा हेर्दा नै थाहा हुन्थ्यो की घर जल्नुको पीडा के हुनेरहेछ, वर्षभरि खान जोगाएका अन्नपात छिनभरमै खरानी हुँदा कस्तो पीडा हुने रहेछ, खरको छानोलाई टिनको छानोमा बदल्न जोगाएको पैसा आँखै अगाडि खरानी बन्दा मन कति दुखेको छ ?

आगलागीबाट ताराबहादुर श्रेष्ठको २ वटा घर १ गोठ तथा घर मित्र रहेको ८ लाख रुपैयाँभन्दा बढी नगद जलेर नष्ट भए । ताराबहादुरकी ७५ वर्षिय बृद्धा आमा धनमाया श्रेष्ठले बुढेसकालको आफ्नो इच्छा मासेर जम्मा गरेको ८ लाखभन्दा बढी नगद आगोले खरानी बनाइदियो । धन्न २ तोलाको सिक्री र एउटा बेरुवा रिङ भने आगो नियन्त्रणपछि खरानी खोतल्दै खोज्दा फेला पारे उनले ।

आगोले घर मात्रै जलाएन, घरसँगै गोठ पनि जलायो । अब आकाशमुनि बास भएको छ । जिउमा लगाएको एकसरो कपडा बाहेक केहीपनि छैन, रमेश श्रेष्ठले गुनासो पोखे । आगो सुरु भएको हर्दिनी पाखातिर हेरेर दिनभर सराप्दै बस्छु– कान्छी नेवारले भनिन् ।

पुरै गाउँ पूर्णरुपमा विस्थापित भएपछि वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले सहयोगका लागि अपिल गरेका छन् । यस्तो अवस्थामा बालबालिका र महिला असुरक्षित हुने भएकाले सामुदायिक भवन तथा विद्यालयमा बस्ने व्यवस्था मिलाउन नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की तल्लीन छन् ।

आफ्ना नागरिकको घरगोठ पशु चौपाया सबै क्षति भएकोमा नगरप्रमुख लबश्री न्यौपाने चिन्तित छन् । प्रहरीले सार्वजनिक गरेको क्षतिमा अझै चित्त नबुझेको उनको भनाइ छ । क्षतिको विवरण सङ्कलनका लागि पुनः स्थलगत अनुगमन गर्ने निर्णय भएको न्यौपानेले जानकारी दिए । पीडितहरूलाई तत्काल खाना र बासको लागि प्रतिपरिवार १५ हजार रुपैयाँ प्रदान गरिने उनको भनाइ छ ।

सोही ठाउँमा गत वर्ष पनि आगलागीबाट १ घर जलेको थियो । रामेछाप जिल्ला बन डढेलो तथा आगलागीको उच्च जोखिममा रहेकाले स्थानीय सरकारले आगलागी नियन्त्रण सम्बन्धी मजबुद् पूर्वतयारी गर्नु आवश्यक देखिन्छ । वन डढेलो नियन्त्रणका लागि आम नागरिक आफैमा सचेत र सजग हुनु आवश्यक छ । बन सबैको साझा सम्पत्ति हो भन्ने आत्मबोध हुन जरुरी छ । वन जङ्गल अहिलेको पुस्तालाई मात्र नभई पछिल्लो पुस्तालाई समेत आवश्यक हुने भएकाले बन संरक्षण आम मानिसको साझा दायित्व हो ।

आजको गन्तब्य टुडे दैनिक पत्रिकामा प्रकाशित छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

टारगाउँ आगलागी: १२ परिवार घरवारविहीन, करिब २ करोडको क्षति

Next Post

प्रदेश भरिका होटल व्यवसायी मन्थलीमा

Next Post
प्रदेश भरिका होटल व्यवसायी मन्थलीमा

प्रदेश भरिका होटल व्यवसायी मन्थलीमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.