Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगलागी पीडितलाई मन्थली नगरद्वारा जस्तापाता वितरण

जनता भ्वाइस by जनता भ्वाइस
March 19, 2024
in ब्यानर समाचार, समाचार
0
आगलागी पीडितलाई मन्थली नगरद्वारा जस्तापाता वितरण
157
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले सोमबार रामेछाप नगरपालिका वडा नं. ९ टार गाउँका पीडितहरूलाई जस्ता पाता वितरण गरेको छ ।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायतको टोलीले पीडितहरूलाई जस्तापाता दिएको हो ।

नगरपालिकाले प्रति परिवार दुई बन्डलका दरले जस्तापाता उपलब्ध गराएको मन्थली नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

छिमेकी नगरपालिका भएको नाताले एकलाई पर्दा अर्को छिमेकीले सहयोग गर्नु मानवीय धर्म भएको र भाइचाराको नाताले मन्थली नगरपालिकाले सामान्य भएपनि सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताए ।

गत बिहीबार नजिकैको हर्दिनि सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर सँगै १४ वटा गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट धनमाल र पशु बस्तु क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसी लगायतका पशु बस्तु समेत मरेका थिए ।

पछिल्लो समयमा खाद्यान्न, कपडा र अन्य सामाग्रीहरू जुटेको भए पनि पीडितहरूका लागि स्थायी आवास निर्माण गर्नु भने उनीहरू र वडाका लागि समेत मुख्य चुनौतीको विषय बनेको रामेछाप नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए ।

मन्थली नगरपालिकाले आगलागी भएको भोलीपल्ट नै रामेछाप नगरपालिका(९ टारका १३ घर पीडितहरू घटना स्थलमानै पुगेर चामल लगायत विभिन्न खाद्य सामाग्री सहयोग गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अनेरास्ववियुद्वारा आगलागी प्रभावित विद्यार्थीलाई सहयोग

Next Post

बैङ्क तथा ईन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह, देश भर सन्देश जाने काम गर्नुहोस्

Next Post
बैङ्क तथा ईन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह, देश भर सन्देश जाने काम गर्नुहोस्

बैङ्क तथा ईन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह, देश भर सन्देश जाने काम गर्नुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.