Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समयमा समस्या जानकारी नगराउँदा ‘सहकारीहरू समस्या ग्रस्त बने’

Kumar Shrestha by Kumar Shrestha
April 3, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
समयमा समस्या जानकारी नगराउँदा ‘सहकारीहरू समस्या ग्रस्त बने’
186
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नगरपालिकाले सहकारी सँग सम्बन्धित काम गर्ने कर्मचारी सहकारी क्षेत्रको विज्ञ राखे पनि सहकारीका सञ्चालक एवं कर्मचारीहरूले सहकारीको समस्या समयमा जानकारी नगराउँदा नगर भित्र रहेका सहकारीहरू समस्या ग्रस्त हुन थालेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बताए । उनले भने – सहकारीको समस्याका बारेमा ज्यादै कुरा उठ्ने गरेको छ, तर लिखित रूपमा कसैले पनि उजुरी नगरेकाले नीति र विधि मा नचल्ने सहकारी तथा त्यसमा आबद्ध भाखा नाघ्दा पनि ऋण नतिर्ने शेयर सदस्यहरूलाई नियमन तथा कारवाही गर्न नगरलाई समस्या भएको छ।
६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने – नगरले सहकारीको क्षेत्रमा केही गरेन भनेर आरोप लगाउनु निरर्थक हो । सहकारीहरूले नगरबाट कस्तो सहयोग चाहन्छ? कस्तो सहजीकरण चाहन्छ? नगरपालिकाले के चाहिँ गरिदिनुपर्ने हो ? सहकारीका छाता संस्था मार्फत आएका लिखित सल्लाह सुझाव तथा आग्रहलाई नगरपालिकाले प्रमुखताका साथ हेर्नेछ ।
“सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमका अवसरमा प्रभातफेरी तथा सहकारी सँग सम्बन्धित प्रस्तुतीकरण गरिएको थियो । बिहान मदन आश्रित चोक वाट सुरु भएको ¥यालीले मन्थली बजारका विभिन्न भागहरू परिक्रमा गरेको थियो ।
कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालले जिल्लाका सहकारीहरूको वर्तमान अवस्था र सहकारीहरूले भोगीरहेको पिडाका बारेमा प्रस्तुतीकरण गरे । सहकारी अभियन्ता गोविन्द घिमिरे, कृषि सहकारी संघका सचिव सुन्दर घिमिरे, बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्र मानन्धर, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सोबिता न्यौपाने लगायतले आ–आफ्नो मन्तव्य राखे ।
रामेछाप जिल्ला सहकारी संघ, रामेछाप जिल्ला बचत संघ, रामेछाप कृषि सहकारी संघ, रामेछाप बहुउद्देश्यीय सहकारी संघको आयोजना तथा मन्थली नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

होलीको अवसरमा  दौड प्रतियोगिता

Next Post

रामेछापको १ सय ५१ कुकुरको बन्ध्याकरण

Next Post
रामेछापको १ सय ५१ कुकुरको बन्ध्याकरण

रामेछापको १ सय ५१ कुकुरको बन्ध्याकरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.