Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

होलीको अवसरमा  दौड प्रतियोगिता

Kumar Shrestha by Kumar Shrestha
March 24, 2024
in खेलकुद, जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
होलीको अवसरमा  दौड प्रतियोगिता
257
SHARES
2.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको मन्थलीमा होलीको विशेषको अवसरमा  खुला महिला तथा पुरुष दौड प्रतियोगिता गरिएको छ । युवा संघ नेपाल रामेछापले होली पर्वको अवसरमा आइतबार सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको हो ।

भैशेश्वर चोक नजिकैको  रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्म  सहभागीहरू दौडिए । प्रतियोगितामा महिला तर्फ दर्ता नं ७८ नम्बरका सहभागी सविना थापा र पुरुष तर्फ ९ नम्बरका अरुण खड्काले प्रथम स्थान हासिल गरे ।

महिला तर्फ ४२ नम्बरकी सहभागी संगीता केसी दोस्रो र  जर्सी न २७ की मनीषा कार्की तेस्रो भइन् । पुरुष तर्फ २० नम्बरका उत्तम माझी दोस्रो र ११ नम्बरका कौशल कार्की तेस्रो भए । प्रतियोगिताका सहभागीहरूलाई राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि खत्रीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे। सो अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ लगायत एमालेका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

पहिलो, दोस्रो र तेस्रो हुने सहभागीहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल वितरण गरिएको थियो ।

रङहरूको पर्व होलीलाई मैत्रीपूर्ण बनाउँदै र नियमित रूपमा दौडँदा स्वास्थ्य सुधारमा समेत सहयोग पुग्ने भएकोले खेल क्षेत्रमा युवाहरूको सक्रियता बढाउन कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष सुरेन्द्र कार्कीले बताए । 

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली बजारमा राप्रपाको राँके जुलुस

Next Post

समयमा समस्या जानकारी नगराउँदा ‘सहकारीहरू समस्या ग्रस्त बने’

Next Post
समयमा समस्या जानकारी नगराउँदा ‘सहकारीहरू समस्या ग्रस्त बने’

समयमा समस्या जानकारी नगराउँदा ‘सहकारीहरू समस्या ग्रस्त बने’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.