Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगर स्तरीय कक्षा ८ को परीक्षामा ‘निल’ गएका विद्यालयहरू फेरी ‘निल’बाट जोगाइयो

जनता भ्वाइस by जनता भ्वाइस
April 17, 2024
in ब्यानर समाचार, समाचार
0
मन्थली नगर स्तरीय कक्षा ८ को परीक्षामा ‘निल’ गएका विद्यालयहरू फेरी ‘निल’बाट जोगाइयो
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरको नगर स्तरीय कक्षा ८ को नतिजा दुई पटक सार्वजनिक भएको छ । पहिलो पटक सार्वजनिक गरिएको नतिजा अनुसार नगरका ७ वटा विद्यालयको नतिजा शून्य भएको थियो । तर दोस्रो पटकको नतिजाले कुनै पनि विद्यालयको नतिजा शून्य नभएको देखाइएको छ ।

पहिलो पटक नतिजा शून्य (निल) भएको भनिएको मन्थली नगरपालिका ८ चिसापानीको १३ जना विद्यार्थीले जाँच दिएको विद्याश्रम आधारभूत विद्यालयको दोस्रो पटक सार्वजनिक गरिएको नतिजा अनुसार १२ जनालाई पास गराइएको छ । त्यसैगरी यस अघि निल गएको भनिएको १७ जना परीक्षार्थी रहेको जगदम्बा आधारभूत विद्यालय चिउरीपानीका १७ जना परीक्षार्थीहरू मध्ये १३ जनालाई पास गराइएको छ । त्यसैगरी निल गएको भनिएको ७ जना परीक्षार्थी रहेको ताम्राकौशीका आधारभूत विद्यालय टेकानपुरका ४ जना परीक्षार्थीलाई पास गराइएको छ भने ६ जना परीक्षार्थी रहेका कपिलेश्वर आधारभूत विद्यालय कौछिनीका २ जना लाई पास गराइएको छ ।

त्यसैगरी २५ जना परीक्षार्थी रहेको स्थानापती मावि बाङ्गेसल्ला का १५ जनालाई पास गराइएको छ भने २२ जना परीक्षार्थी रहेको माध्यमिक विद्यालय सिक्राल का १८ जनालाई पास गराइएको छ । नगर शिक्षा समितिले २ वा ३ विषयमा अनुत्तीर्ण भएमा बढीमा ५ नं ग्रेस दिएर पास गराउने चलन यस अघि देखि कै हो तर दुई पटक नतिजा सार्वजनिक गर्दा फरक फरक नतिजा आउनु चाहिँ राम्रो हैन । निल गएका विद्यालय मध्येका एक शिक्षकले भने – यो सिधै नगरको कमजोरी हो, यस्ता कमजोरी नसच्याउने हो भने शिक्षा क्षेत्र गुणस्तरीय बनाउन गाह्रो छ ।

यसरी दुई वटा नतिजा सार्वजनिक हुनुले बिद्यार्थीहरुमा मनोवैज्ञानिक असरपरेको शिक्षकहरू बताउँछन् । नगरका ७ वटा विद्यालय निल गएको जानकारी पाएपछि केही विद्यालयका बिद्यार्थीहरुले आफूहरू फेल हुनु नपर्ने कसरी फेल भइयो भनी सम्बन्धित विद्यालयमा निवेदन हालेको र निवेदनका आधारमा मन्थली नगर शिक्षा शाखामा गएर रिटोटलिङको लागि आवश्यक प्रक्रिया पनि गरेका थिए ।

कक्षा ८ का बिद्यार्थीहरुले ६५० पूर्णाङ्कको ७ वटा अनिवार्य पुस्तक पढ्नु पर्ने हुन्छ । त्यस मध्ये सम्बन्धित विद्यालयमा हुने त्रैमासिक र अर्ध वार्षिक परीक्षाको समेत प्राप्त ५० प्रतिशत मध्येको प्राप्त अङ्क विद्यालयले नगरलाई उपलब्ध गराउने र बाँकी रहेको ५० प्रतिशतको नगर स्तरीय परीक्षा लिई बिद्यार्थीहरुको मूल्याङ्कन गर्ने गरिन्छ । नगरले लिएको परीक्षामा पूर्णाङ्कको ३५ प्रतिशत अर्थात् ५० पूर्णाङ्कमा १८ नम्बर अनिवार्य ल्याउनु पर्ने हुन्छ ।

कक्षा ८ का परीक्षार्थीहरूको उत्तर पुस्तीका परीक्षण गर्ने व्यवस्था नगरपालिकामै गरेको भए पनि विषयगत शिक्षकलाई कापी काट्न नदिइनु, नगरका जनप्रतिनिधि र कर्मचारीका आफ्ना आफन्तहरूलाई शक्ति र पहुँचका आधारमा कक्षा ५ सम्म मात्र पढाउने शिक्षकहरूलाई उत्तर पुस्तीका परीक्षण गर्न दिनु र संम्परिक्षण गर्ने शिक्षक पनि दक्ष र अनुभवी नहुनु, उत्तर पुस्तिका परीक्षण गर्ने केही शिक्षकहरूलाई अङ्कन योजना तथा उत्तर कुञ्जीकाको आधारमा नम्बर दिनुपर्छ भन्ने हेक्का नहुनुले पनि धेरै बिद्यार्थीहरु अनुत्तीर्ण हुनाका मुख्य कारणहरू भएको शिक्षकहरू बताउँछन् ।

जति धेरै उत्तर पुस्तीका परीक्षण ग¥यो त्यति नै बढी रकम आउने र सम्परीक्षकले पनि परीक्षक सँग दुरी बढ्ने डरले राम्रो सँग सम्परीक्षण नगरेको बिशेषगरी वस्तुगत तथा गणित विषयको हिसाब सही तरिकाले गरेको छ वा मिलाएको छ भने ट्वाक्क नम्बर दिनुपर्नेमा न्यून नम्बर दिने गरेका कारण पनि बिद्यार्थीहरु अनुत्तीर्ण भएको हुन सक्ने एक शिक्षकले बताए ।

यस सम्बन्धमा के हो त भन्ने प्रश्नमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले भने– “दुई थरी नतिजा सार्वजनिक भएको छैन,सम्बन्धित विद्यालयहरूमा जुन नतिजा (रिजल्ट) गएको छ त्यो चाहिँ आधिकारिक हो । कसले २ थरी बनायो त्यो आधिकारिक हैन ” । नगर क्षेत्रको शैक्षिक सुधार गर्नु मन्थली नगरपालिकाको कर्तव्य हो, यी दुई थरी नतिजाले नगरको शैक्षिक गुणस्तर सुधार हुनु त परै जावास झन् गुणस्तर घटाउने काम भइरहेको छ । एक पटक निल गएका विद्यालय हरू अर्कोपटक जोगिन्छन्, एकपटक फेल भनेका बिद्याथीहरु अर्कोपटक पास हुन्छन्,अनि कसरी हुन्छ नगरको शैक्षिक सुधार । यस गतिविधिबाट नगरले शैक्षिक क्षेत्रप्रति गरेको चासो स्प्रस्ट भएको शिक्षाविदहरु बताउँछन् । गन्तव्य टूडे

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू

Next Post

बोलेरो पल्टिँदा १५ जना घाइते

Next Post
बोलेरो पल्टिँदा १५ जना घाइते

बोलेरो पल्टिँदा १५ जना घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.