Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यार्थी र अभिभावको मन जित्दै मन्थली मावि

Kumar Shrestha by Kumar Shrestha
April 25, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
विद्यार्थी र अभिभावको मन जित्दै मन्थली मावि
359
SHARES
4.8k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको मोह बढ्दै गएको हो । मन्थली माविको मेहनतका कारण विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएर विद्यार्थी र अभिभावको मन जित्न सफल भएको छ ।
कक्षा १ देखि कक्षा १० सम्म मात्रै भर्ना अभियानको दशौँ दिन (बुधवार) १ हजारको हाराहारीमा विद्यार्थी भर्ना भई सकेको शिक्षक चन्द्र सिंह धामीले बताए । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले शिक्षाको गुणस्तरको साथै विद्यालयको भौतिक संरचना निर्माण पनि ध्यान दिएको उनले बताए ।
अतिरिक्त क्रियाकलाप, खेलकुद सप्ताह, मनोरञ्जनात्मक तथा ज्ञानवर्धक नियमित कार्यक्रमहरूले विद्यार्थीको सर्वाङ्गीण विकास गर्न मद्दत गर्ने बताउँदै विद्यालयले विद्यार्थीको चाहना अनुरूप अतिरिक्त क्रियाकलापलाई दैनिक पठनपाठनसँग जोडेको धामी बताउँछन् । विद्यालयलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा राख्न सकेमा यसले उत्कृष्ट नतिजा दिन सक्ने धामीले बताए । मन्थली नगरपालिका १ नं. वडामा रहेको मन्थली माविले आफ्ना मिहिनेती शिक्षक, कर्मचारीमार्फत विद्यार्थीको सुनौलो भविष्य निर्माणमा इटा थपिरहेको उनको भनाइ छ ।
अभिभावको चासो, शिक्षकहरूको लगनशीलता र विद्यार्थीको मेहनतकै कारण राम्रो परिणाम निकाल्न सफल भएको मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल बताउँछन् । उनले आगामी दिनमा अझै राम्रो नतिजा ल्याउनको लागि मेहनत गरिरहेको बताए । प्रअ दाहालले भने– ‘शिक्षाको गुणस्तर राम्रो बनाउन दृढ इच्छा शक्ति र त्यसलाई कार्यान्वयन गर्ने अठोट चाहिन्छ । हामी त्यही दृढ इच्छा शक्ति र त्यसलाई कार्यान्वयन गर्ने अठोटका साथ अगाडी बढिरहेका छौँ ।’
एईई परीक्षामा पनि मन्थली मावि जिल्लाकै धेरै विद्यार्थी हुने विद्यालयको रूपमा परेको छ । जिल्लाको ८ वटा स्थानीय तहमा रहेको ९२ वटा मावि मध्ये मन्थली माविमा सबै भन्दा धेरै विद्यार्थीले यस वर्ष एईई परीक्षामा सहभागी भए ।
सरकारले सामुदायिक विद्यालयहरूमा करोडौँ लगानी गरेपनि केही विद्यालय बाहेक अन्य विद्यालयमा भने शिक्षाको गुणस्तर सुधार हुन सकेको छैन् । शिक्षकहरूमा राजनीतिको मोह, अभिभावको बेवास्ता र विद्यार्थीमा बढ्दै गएको सामाजिक सञ्जालप्रतिको मोहको कारण अपेक्षाकृत रूपमा परिणाम ल्याउन सामुदायिक विद्यालयहरू असफल हुँदै आएका छन् ।
सामुदायिक विद्यालयप्रति अभिभावको मोह घटिरहेको बेला मन्थली माविले भने इच्छा शक्ति हुने हो भने सामुदायिक विद्यालयमा पनि राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भन्ने उदाहरण प्रस्तुत गरेको छ । मन्थली नगरपालिकाको मन्थली माविले जस्तै अन्य विद्यालयले पनि दृढ इच्छा शक्ति र त्यसलाई कार्यान्वयन गर्ने अठोटका साथ अगाडि बढ्ने हो भने सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर आउने कुरामा दुईमत छैन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनापतिमा जारी घुम्ती शिविरमा ९ सय ५० ले लिए सेवा

Next Post

मन्थली माविलाई भवन बुझायो खानीले

Next Post
मन्थली माविलाई भवन बुझायो खानीले

मन्थली माविलाई भवन बुझायो खानीले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.