Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली माविलाई भवन बुझायो खानीले

Kumar Shrestha by Kumar Shrestha
April 25, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
मन्थली माविलाई भवन बुझायो खानीले
77
SHARES
889
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खानी निर्माण जेभीले मन्थलीको मन्थली माविका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण) गरी बुधवार हस्तान्तरण गरेको छ । यो सँगै विद्यालयले कक्षा कोठाका लागि बर्षेनी भोग्दै आएको समस्याबाट मुक्ति पाएको हो । निर्माण कम्पनीले भवन सँगै शौचालय, कम्पाउन्डवाल, खेल मैदान लगायतका काम सम्पन्न गरी नेपाल सरकार शिक्षा विकास इकाई रामेछाप मार्फत मन्थली नगरपालिकालाई ती भवनको साँचो हस्तान्तरण गरेको हो ।
उक्त भवनको साँचो मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदी र विद्यालयका प्राचार्य टंक प्रसाद दाहाललाई सामूहिक रूपमा हस्तान्तरण गरे।
सो अवसरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरु बिचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षाको गुणस्तरमा सुधार हुने भन्दै यसका लागि मन्थली माविले धेरै काम गर्न बाँकी रहेको बताए । मन्थली मावि सँग जिल्लाका अन्य विद्यालयको तुलनामा गुणात्मक शिक्षा सँगै रचनात्मक काममा पनि नमुना बनेर देखाउनु पर्ने चुनौती रहेको बताए ।
प्रधानाध्यापक टङ्कप्रसाद दाहालले भवनको हस्तान्तरण सँगै विद्यालयले वर्षौ देखि भोग्दै आएको कक्षा कोठाको समस्याले मुक्त पाउने विश्वास गरे ।
एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षासँग ९ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले थप काम समेत करिब १२ करोड रुपैयाँको लागतमा गरेको भए पनि उक्त भवनको अन्तिम मूल्याङ्कनको प्रतिवेदन आउन बाँकीनै रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विद्यार्थी र अभिभावको मन जित्दै मन्थली मावि

Next Post

वनमा आगो लगाउने किशोर पक्राउ, प्रमाणित भए ६० हजार जरिवाना र ३ वर्ष सम्म कैद सजाय हुने

Next Post
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

वनमा आगो लगाउने किशोर पक्राउ, प्रमाणित भए ६० हजार जरिवाना र ३ वर्ष सम्म कैद सजाय हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.