Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वनमा आगो लगाउने किशोर पक्राउ, प्रमाणित भए ६० हजार जरिवाना र ३ वर्ष सम्म कैद सजाय हुने

Kumar Shrestha by Kumar Shrestha
April 29, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
37
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । वनमा आगो लगाएको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटार स्थित कालिकादेवी सामुदायिक वनमा आगो लगाएको आरोपमा १९ वर्षीय सुवास महत पक्राउ परेका हुन् । वैशाख ०८ गते दिउँसो १ ः ०० बजेको समयमा कालिकादेवी सामुदायिक वनमा आगो लगाएको आरोपमा महतलाई प्रहरीले पक्राउ गरेको हो ।
लिखु तामाकोशी गाउँपालिका ३ नं. वडा घर भएका महत साँघुटार बजार जाँदै गर्दा आगो लगाएको हुन सक्ने भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताए । सिंहले भने – हामीले सोधपुछ गरेर घटनाबारे यकिन भएपछि अदालतबाट समय लिएर अनुसन्धान ग¥यौँ । अब उनलाई कानुन अनुसार कारबाही अगाडि बढाउन डिभिजन वन कार्यालयको जिम्मा लगाएका छौँ ।
यस घटनामा प्रष्ट पार्दै डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारीले भने– स्थानीयको भनाई अनुसार निज महत आगो लगाएर साँघुटार बजार गएका थिए । स्थानीयले उनको हुलिया सहित बताएपछि साँघुटार बजारबाट फर्कनेक्रममा महतलाई प्रहरीले पक्राउ गरेको हो । फर्कँदा उनको गोजीमा लाइटर समेत पाइएपछि उनले नै आगो लगाएको थप प्रमाण मिलेको हो । उनीमाथि वन ऐन अन्तर्गत अनुसन्धान भई रहेको पनि यादवले बताए ।
वन ऐन अनुसार आगो लगाएको प्रमाणित भएका महतले बिगो तिर्नुपर्ने हुन्छ । वन पैदावार कति क्षति भयो? जैविक विविधता कति नाश भयो ? किट पतङ्ग कति नाश भए ? वन्य जन्तुलाई कति प्रभावित बनायो ? लगायतका वातावरणीय हिसाबले समेत क्षति मूल्याङ्कन गरी बिगो तिर्नु पर्ने हुन्छ । त्यस बाहेक उनलाई ६० हजार जरिवाना र ३ वर्ष सम्म कैद सजाय हुने प्रावधान छ ।
रामेछापमा पछिल्लो समय डढेलोको समस्या बढ्दै गएकोले कसैले डढेलो लगाएको देखेमा खबर गरेर सहयोग गर्न डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले अनुरोध समेत गरेका छन् । उनले भने – सामुदायिक वन समुदायको सम्पत्ति हो । यसलाई जोगाउनु हामी सबैको दायित्व हो । वनमा आगो लगाउने जोकोहीलाई पनि कानुनी कठघरामा उभ्याएर सजायको भागीदार बनाउन डिभिजन वन कटिरहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली माविलाई भवन बुझायो खानीले

Next Post

तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित

Next Post
तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित

तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.