Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित

Kumar Shrestha by Kumar Shrestha
May 13, 2024
in जनता स्पेसल, फिचर, ब्यानर समाचार, शिक्षा, समाचार
0
तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित
687
SHARES
6.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । तामाकोशी अंग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक खड्का ‘राष्ट्रिय शिक्षा सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । खड्कालाई शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै फोकस नेपालले सम्मान गरेको हो ।

गत शनिवार काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा भव्य समारोहका बिच प्रधानाध्यापक खड्कालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान पत्रले सम्मान गरेका हुन् ।

आफूहरूले प्रविधि मैत्री शिक्षालाई पच्छ्याउँदै खेलकुद, हाजिरी जवाफ चित्रकला लगायतका शैक्षिक गतिविधिलाई पनि निरन्तर दिँदा उत्कृष्ट नतिजा ल्याइरहेको प्रअ खड्काले बताए ।

पूर्व स्वास्थ्य मन्त्री भवानी खापुङ्सहितको उपस्थितिमा भएको सो कार्यक्रममा देशका विभिन्न कला, साहित्य, कृषि, पशुपालन, पर्यटन, शिक्षा, समाजसेवी आदी क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरू सम्मानित भएका थिए ।

खड्का वि.स.२०५९ सालमा स्थापित तामाकोशी इङलिस बोर्डिङ स्कुल सञ्चालनमा ल्याएर जिल्लामा शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका छन् ।

खड्काको नेतृत्वमा संचालित तामाकोशी बोर्डिङ स्कुल प्रथम पटक वि.स.२०६७ मा (एसएलसी) परीक्षामा भाग लिएर उत्कृष्ट नतिजा सहित जिल्लामा अब्बल विद्यालयमा परिचित रहेको छ । त्यस यता निरन्तर सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट  नतिजा ल्याइरहेको छ ।

साथै मन्थली नगरपालिकाले सञ्चालन गरेको शैक्षिक सत्र २०७९ र २०८० मा ४ जी.पी.ए.सहित सत प्रतिशत नतिजा ल्याउन पनि यो विद्यालय सफल भएको छ । भने, आधारभूत तह (कक्षा ८) को परीक्षामा निरन्तर नगर प्रथम हुँदै आएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

वनमा आगो लगाउने किशोर पक्राउ, प्रमाणित भए ६० हजार जरिवाना र ३ वर्ष सम्म कैद सजाय हुने

Next Post

दुरागाउँमा जनतासँग जनप्रतिनिधि: पालिका अध्यक्ष गाउँ पुगेपछि दुरागाउँवासी खुसी

Next Post
दुरागाउँमा जनतासँग जनप्रतिनिधि: पालिका अध्यक्ष गाउँ पुगेपछि दुरागाउँवासी खुसी

दुरागाउँमा जनतासँग जनप्रतिनिधि: पालिका अध्यक्ष गाउँ पुगेपछि दुरागाउँवासी खुसी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.