Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

Kumar Shrestha by Kumar Shrestha
May 25, 2024
in ब्यानर समाचार, समाचार
0
मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको छ ।

मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीर क्षेत्रीले लामो समयको प्रयास पछि शुक्रवार देखि मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु भएको र धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति विभागका विशेषज्ञ चिकित्सकसँग समन्वय गरी सेवा प्रदान गरिएको बताए । लामो समय कुर्नु नपर्ने र बिरामीले स्त्री तथा प्रसूति रोगका विशेषज्ञ चिकित्सकसँग परामर्श लिन पाउँदा यो सेवा देखि सेवाग्राही खुसी भएका उनले बताए । उनका अनुसार शुक्रवार पहिलो दिन ७ जनाले टेलिमेडिसिन सेवा लिए ।

अस्पतालमा आएका बिरामीहरूलाई सिधै धुलिखेल अस्पतालका चिकित्सकसँग सम्पर्क गर्ने र बिरामीले आफ्नो बिरामको लक्षण बताए पछि धुलिखेलमा रहेका चिकित्सकले औषधी तथा रोग तथा उपायका बारेमा बताएका थिए । अब बिरामीको माग अनुसार समय मिलाएर यो सेवालाई निरन्तरता दिने अस्पतालले जनाएको छ। यो सेवालाई धेरै भन्दा धेरै प्रचारप्रसार गरी दुरदराजका नागरिकलाई मन्थली अस्पतालबाट नै विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गर्ने मन्थली अस्पतालको तयारी छ ।

नेपालमा टेलिमेडिसिन सेवा नौलो विषय भने होइन। तर रामेछापमा भने यो पहिलो हो । सरकारी तवरबाटै यो सेवाको सुरुवात स्वास्थ्य सेवा अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले सन् २०१० मा २५ र सन् २०१२ मा थप ५ गरी ३० दुर्गम जिल्लाहरूबाट सञ्चालनमा ल्याएको थियो। सरकारी स्तरबाट सञ्चालित यो सेवा २–३ वर्षमै स्थगित भए पनि अन्य केही संस्थाहरूबाट आफ्नै प्रयासमा यो सेवा अहिले पनि सुचारु रहेको पाइन्छ। हाल धेरै सरकारी अस्पतालहरूमा पनि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले विभिन्न एप्लिकेशन तथा सामाजिक सञ्जालहरूमा समूह बनाई, उपचारको क्रममा सरसल्लाह र परामर्श लिई बिरामीहरूलाई यथास्थानबाट सेवा दिएको पाइन्छ र यो युवा चिकित्सकहरू माझ निकै लोकप्रिय पनि छ।

टेलिमेडिसिन अर्थात् दूर–चिकित्सा, चिकित्सा क्षेत्रमा भएको नवीनतम विकासहरूमध्ये पर्दछ। सामान्य हिसाबमा बुझ्ने हो भने विभिन्न प्रविधिको प्रयोग गरेर एक ठाउँको बिरामीलाई अर्को ठाउँको चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नुलाई नै टेलिमेडिसिन भनेर बुझ्नु पर्दछ। यसको दायरा एउटा सामान्य मोबाइलमा गरिने परामर्शदेखि लिएर, भिडिओ कन्फ्रेन्स, वेबिनार आदिसम्म हुन सक्छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

शैलुङ पानी फ्याक्ट्रीमा सिल, बिक्री वितरणमा रोक

Next Post

खाँडादेवी गाउँपालिका बेरुजुमा पहिलो

Next Post
खाँडादेवी गाउँपालिका बेरुजुमा पहिलो

खाँडादेवी गाउँपालिका बेरुजुमा पहिलो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.