Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिका बेरुजुमा पहिलो

Kumar Shrestha by Kumar Shrestha
May 28, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवी गाउँपालिका बेरुजुमा पहिलो
281
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाका स्थानीय तहको आर्थिक वर्ष २०७९÷०८० को बेरुजू २१ करोड ६२ लाख १९ हजार रुपैयाँ रकम देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ६१औँ लेखापरीक्षणको प्रतिवेदनमा रामेछापका स्थानीय तहको बेरुजू रकम २१ करोड ६२ लाख १९ हजार रुपैयाँ देखिएको छ ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार रामेछापका ८ स्थानीय तहको जम्मा रकमको १ दशमलव ७२ प्रतिशत बेरुजू देखिएको छ । रामेछापका ८ स्थानीय तहबाट १२ अर्ब ५३ करोड ९८ लाख ५५ हजार रुपैयाँ रकमको लेखापरीक्षण भएको थियो । ८ स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिकाको सबै भन्दा बढी बेरुजू देखिएको छ भने सबै भन्दा कम बेरुजु दोरम्बा शैलुङ्ग गाउँपालिकाको देखिएको छ । खाँडादेवी गाउँपालिकाको बेरुजू ६ दशमलव ६७ प्रतिशत पुगेको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाको ० दशमलव १५ प्रतिशत बेरुजु छ ।
जिल्लाका स्थानीय तहहरूले गएको वर्ष भन्दा बेरुजु अङ्क घटाएका छन् । अघिल्लो वर्ष ३७ करोड ७९ लाख ७ हजार बेरुजु रहेको थियो भने यो वर्ष उक्त रकमबाट घटेर २१ करोड ६२ लाख १९ हजार रुपैयाँ मात्रै छ ।
अघिल्लो वर्ष बेरुजूमा पहिलो नम्बरमा रहेको खाँडादेवी गाउँपालिका यो वर्ष पनि बेरुजु बढी आउने पालिकामा परेको छ । १ अर्ब ४९ करोड ७२ लाख ८ हजारको लेखापरीक्षण हुँदा ९ करोड ९७ लाख ९० हजार अर्थात् ६ दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । खाँडादेवीको अघिल्लो वर्षको तुलनामा यस वर्ष बेरुजूको अङ्क भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड ८५ लाख ३ हजारको लेखापरीक्षण हुँदा ९ करोड २९ लाख १३ अर्थात् ६ दशमलव २ प्रतिशत बेरुजू देखिएको थियो ।
लिखुतामाकोशी गाउँपालिकाको १ अर्ब ५१ करोड ८४ लाख ९१ हजारको लेखापरीक्षण हुँदा १ करोड ७० लाख ४४ हजार अर्थात् १ दशमलव १२ प्रतिशत बेरुजू देखिएको छ । गाउँपालिकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष झनै बेरुजू रकम घटेको छ । अघिल्लो वर्षको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ४ करोड ९३ लाख ८ हजार रुपैयाँ अर्थात् ४ दशमलव ०४ प्रतिशत बेरुजू आएको आएको थियो ।

२ अर्ब २५ करोड १३ लाख १८ हजारको लेखापरीक्षण हुँदा १ करोड ८८ लाख ४० हजार अर्थात् ० दशमलव ८४ प्रतिशत मात्रै मन्थली नगरपालिकाको बेरुजु देखिएको छ । मन्थली नगरपालिकाको बेरुजू रकम अघिल्लो वर्षको तुलनामा यो वर्ष भने घटेको छ । अघिल्लो वर्ष २ अर्ब २४ करोड १३ लाख २ हजारको लेखापरीक्षण हुँदा नगरपालिकाको बेरुजू ५ करोड २० लाख ५८ हजार अर्थात् २ दशमलव ३२ प्रतिशत हुन आएको थियो ।
उमाकुण्ड गाउँपालिकाको ५ करोड १३ लाख ४७ हजार अर्थात् ३ दशमलव ७७ प्रतिशत बेरुजु देखिएको छ । गाउँपालिकाको १ अर्ब ३६ करोड १३ लाख ४४ हजार रकमको लेखापरीक्षण भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष उमाकुण्ड गाउँपालिकाको बेरुजु रकम वृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब २५ करोड १५ लाख ६३ हजारको लेखापरीक्षण हुँदा २ करोड ४७ लाख ९१ हजार अर्थात् १ दशमलव ९८ प्रतिशत बेरुजू देखिएको थियो ।
गोकुलगंगा गाउँपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । १ अर्ब ३९ करोड ७५ लाख ८८ हजारको लेखापरीक्षण गर्दा १ करोड ९६ लाख ६३ हजार अर्थात् १ दशमलव ४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ । अघिल्लो वर्ष गाउँपालिकाको १ अर्ब ३५ करोड ९५ लाख ८८ हजारको लेखापरीक्षण गर्दा ५ करोड ६९ लाख ३१ हजार अर्थात् ४ दशमलव १९ प्रतिशत बेरुजू देखिएको थियो ।
सुनापति गाउँपालिकाको ३४ लाख ५८ हजार अर्थात् ० दशमलव २७ प्रतिशत मात्रै बेरुजु देखिएको छ । अघिल्लो वर्ष भने सुनापति गाउँपालिकाको बेरुजु रकम ४ करोड ७९ लाख ४५ हजार अर्थात् ३ दशमलव ९४ प्रतिशत रहेको थियो । अघिल्लो वर्ष ५ करोडको हाराहारीमा रहेको सुनापति गाउँपालिकाको बेरुजू रकम यो वर्ष घटेर लाखमा झरेको छ ।
१ अर्ब ८८ करोड ८९ लाख ६५ हजारको लेखापरीक्षणमा रामेछाप नगरपालिकाको ४० लाख ७७ हजार अर्थात् ० दशमलव २२ प्रतिशत मात्रै बेरुजु देखिएको छ । नगरको अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बेरुजू अङ्कमा केही सुधार आएर बेरुजू रकम घटेको छ । अघिल्लो वर्ष २ अर्ब ३५ करोड २९ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७२ लाख ८३ हजार रुपैयाँ अर्थात् ० दशमलव ३१ प्रतिशत बेरुजु थियो ।
दोरम्बा शैलुङ्ग गाउँपालिकामा १ अर्ब ३२ करोड ४ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण हुँदा २० लाख रुपैयाँ मात्रै बेरुजू देखिएको छ । जुन रकम लेखापरीक्षण गरेको जम्मा रकमको ० दशमलव १५ प्रतिशत हो । अघिल्लो वर्ष १ अर्ब २२ करोड ४४ लख ७५ हजारको लेखापरिक्षण गर्दा ४ करोड ६६ लख ७८ हजार अर्थात् ३ दशमलव ८१ प्रतिशत बेरुजू आएको थियो । गाउँपालिकाले यो वर्ष भने बेरुजु रकमलाई ह्वात्तै घटाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

Next Post

९६ वर्षीया दृष्टिबिहीनको घरबास खाए मास्टरले

Next Post
९६ वर्षीया दृष्टिबिहीनको घरबास खाए मास्टरले

९६ वर्षीया दृष्टिबिहीनको घरबास खाए मास्टरले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.