Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय

Kumar Shrestha by Kumar Shrestha
June 5, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
मन्थलीमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लाको मन्थली नगरपालिका मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
पत्रकार सम्मेलन मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनमा संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँकी अध्यक्ष सीता सुनुवारले नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मन्थली नगरपालिका–२ आकाशे स्थित सेफ हाउस मुनि सात रोपनी जमिनमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागिएको जानकारी गराइन् । सङ्ग्रहालय निर्माणले जिल्लामा पर्यटन विकास हुनुका साथै सांस्कृतिक अध्ययन स्थल निर्माण हुने र सामाजिक चेतना र स्वास्थ्य स्तरमा सकारात्मक सुधार ल्याउन सहयोग पुग्ने सुनुवारले बताइन् ।
संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रले एक वर्षदेखि सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेकाले नगरपालिकाले जग्गाका लागि सम्बन्धित निकायमा सिफारिस गरेको नगर प्रमुख लव श्रेष्ठले बताए । नेपाली कला, मौलिकता, परम्परा र पहिचान गरी लोप उन्मुख सकारात्मक संस्कृतिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्नु अत्यावश्यक रहेकाले यसको निर्माणका लागि मन्थली नगरपालिकाले सहयोग गर्ने पनि श्रेष्ठले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

९६ वर्षीया दृष्टिबिहीनको घरबास खाए मास्टरले

Next Post

शैलुङ पर्यटन विकासमा एमाले बाधक बन्यो : अध्यक्ष मोक्तान

Next Post
शैलुङ पर्यटन विकासमा एमाले बाधक बन्यो : अध्यक्ष मोक्तान

शैलुङ पर्यटन विकासमा एमाले बाधक बन्यो : अध्यक्ष मोक्तान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.