Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत

Kumar Shrestha by Kumar Shrestha
August 1, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
आफ्नै घर भत्किदा समेत जनताको सेवामा अध्यक्ष महत
1.2k
SHARES
9.9k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मङ्गलवार रातीको अविरल वर्षाका कारण जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको घर भत्कियो । उनको घरको एक पाखा पुरै भत्कियो । भत्किएको आफ्नो घरको कुनै वास्ता नगरी महत नागरिकको समस्या सुल्झाउन निस्किए ।
आफ्नो घरको बारेमा पछि सोचौला, पहिले नागरिकको घरको समस्यालाई महत्त्व दिन पर्छ भनेर आफू नागरिकको समस्या सुल्झाउन निस्किएको उनले बताए । उनले भने, लिखुका नागरिकले भोट दिएर अभिभावक बनाएका हुन् मलाई। उनीहरूलाई समस्या पर्दा म कसरी मेरो घरको समस्या देखाएर घरमै बस्न सक्थे ?
अविरल वर्षपछिको बाढी पहिरोले लिखु मात्रै नभएर रामेछापमा विभिन्न स्थानका क्षति भएको छ । सडकहरू आंशिक तथा पूर्ण रूपमा अवरुद्ध बनेका छन् । मङ्गलवार रातिको अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा धोबी–सैपु सडक पूर्ण रूपमा अवरुद्ध भएको अध्यक्ष महतले बताए । उनले भने “अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर धोबी–सैपु सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । तर अहिलेलाई सडक सुचारु गरेका छौँ। अब रातीको वर्षातका कारण के हुन्छ भन्न सकिन्न ।
वर्षात पछिको पहिरोका कारण लिखूतामाकोशी गाउँपालिका वडा नं. ३ का सहदेव खड्काको घर भत्किएको छ । उत्त पहिरोले अर्जुन खड्का,कृष्ण खड्का र टेक बहादुर खड्काको घर समेत जोखिम परेको छ।
यस्तै खाँडादेवी गाउँपालिका–८ मा पनि वर्षापछिको पहिरोले सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि गाउँपालिकाले डोजर पठाएर बाटो खुलाईएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति, मेयर श्रेष्ठ आफै खटिए उद्दारका लागी फिल्डमा

Next Post

दोरम्बा पहिरो अपडेट: ६ जनाको शव भेटियो

Next Post
दोरम्बा पहिरो अपडेट: ६ जनाको शव भेटियो

दोरम्बा पहिरो अपडेट: ६ जनाको शव भेटियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...