रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो जाँदा वेपत्ता भएका मध्य ६ जनाको शव भेटिएको छ । ४ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । शव भेटिनेमा चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी र विज्ञान पहरी रहेका छन् ।
वेपत्ता हुनेहरुमा पुट्की पहरी, काले पहरी, झ्याउकुरी पहरी र विन्दा पहरी रहेकी छिन् । ११ वर्षीय अञ्जना पहरीका भने उद्धार गरिएको र उनको खुट्टा भाचिएको प्रहरीले बताएको छ ।
अविरल वर्षाका कारण गए राति ११ ः ४५ बजे माथिबाट खसेको पहिरोले ४ घर बगाएको छ भने एउटा पक्की पुल समेत बगाएको छ ।