Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

Kumar Shrestha by Kumar Shrestha
November 19, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा
36
SHARES
2.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गरे । सो अवसरमा महासङ्घ बागमती प्रदेशका अध्यक्ष विश्वराम त्वयनाले व्यवसायीको हकहित सुनिश्चित गर्न, एकता कायम गर्न र व्यवसायीलाई परेको समस्या समाधानको पहल गर्न यो अभियान सञ्चालन गरिएको बताए ।
देशभर भएको आर्थिक मन्दीका कारण पुस्तक तथा स्टेसनरी व्यवसायी तथा महासङ्घका सदस्यलाई परेको असर समाधान गर्न, व्यवसायीको समस्या पहिचाहन गरी निराकरणका उपायहरु खोजी गर्न, सङ्गठनलाई क्रियाशील र चलायमान बनाउन अभियान थालिएको बागमती प्रदेशका संयोजकसमेत रहनुभएका केन्द्रीय महासचिव पौडेलले बताए ।
उनले महासङ्घका जिल्ला प्रदेश र केन्द्रीय संरचनालाई बलियो बनाउन, यसअघि महासङ्घले सुरु गरेका विभिन्न कामलाई पूर्णता दिन, सामजिक उत्तरदायित्वसमेत निर्वाह गर्न, जिल्ला र प्रदेशका सङ्गठनहरुका सदस्यलाई अभियानका बारेमा जानकारी गराउन र समस्या समाधानमा महासङ्घ समन्वय गर्न तयार रहेको अनुभूति दिलाउन यो अभियान थालिएको उल्लेख गरे ।
कार्यक्रममा रामेछापका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा आफूहरुले भोग्नुपरेको पीडा र समाधानका उपायका बारेमा सुझाव दिएका थिए ।
महासचिव पौडेलले जिल्लाका व्यवसायीको समस्या आफ्नो समस्या भएको भन्दै ती समस्यालाई समाधान गर्न केन्द्रीय समिति लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभियान सञ्चालनका लागि महासङ्घ केन्द्रले कोसीमा महासङ्घका तृतीय उपाध्यक्ष सरोज मास्के, मधेसका उपमहासचिव अर्जुन आचार्य, बागमतीमा महासचिव पौडेल, गण्डकीमा प्रथम उपाध्यक्ष नारायण श्रेष्ठ, लुम्बिनीमा वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी, कर्णालीमा द्वितीय उपाध्यक्ष बुद्धिप्रसाद अधिकारीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
साथै सम्बन्धित प्रदेशका अध्यक्षलाई सहसंयोजकको जिम्मेवारी दिइएको र सुदूरपश्चिम प्रदेशमा भने प्रदेश अध्यक्ष श्याम पाठकलाई संयोजकको जिम्मेवारी दिइएको महासङ्घ केन्द्रीय समितिका अध्यक्ष शिवसागर शर्माले जानकारी दिए । अभियान सम्पन्न भएपछि महासङ्घका अन्य गतिविधि सञ्चालन गरिने उनले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

महायज्ञमा ८५ लाख बराबर आर्थिक सहयोग संकलन

Next Post

रामेछापमा पाँच हजारले मात्रै लिए राष्ट्रिय परिचयपत्र

Next Post
रामेछापमा पाँच हजारले मात्रै लिए राष्ट्रिय परिचयपत्र

रामेछापमा पाँच हजारले मात्रै लिए राष्ट्रिय परिचयपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.