Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पाँच हजारले मात्रै लिए राष्ट्रिय परिचयपत्र

Kumar Shrestha by Kumar Shrestha
November 19, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापमा पाँच हजारले मात्रै लिए राष्ट्रिय परिचयपत्र
57
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा १५ महिनाको अवधिमा पाँच हजार नागरिकले बायोमेट्रिक विवरण सहितको राष्ट्रिय परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ देखि राष्ट्रिय परिचयपत्रको फाराम भर्ने कार्यको थालनी गरेको थियो । जिल्लामा विवरण लिन सुरु गरेको तीन वर्षपछि २०८० साउन १० गतेबाट परिचयपत्र वितरण कार्य सुरु भएको थियो । हालसम्म ३५ हजार राष्ट्रिय परिचयपत्र बनेर आएकामा हालसम्म पाँच हजार जना नागरिकले राष्ट्रिय परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले जानकारी दिए। उनले भने “रामेछापमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका मध्ये ३५ हजार हराहरीमा परिचयपत्र बनेर आइसकेको छ  । अहिलेसम्म पाँच हजार जनाले राष्ट्रिय परिचयपत्र लगिसकेका छन् । अहिले पनि राष्ट्रिय परिचयपत्र लिने र परिचयपत्रका लागि आवेदन दिनेको भिड छ ।”
उनका अनुसार कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ । यसका आधारमा सेवाग्राहीले कार्यालयमा उपस्थित भएर परिचयपत्र लिन सक्नेछन् । जिल्ला प्रशासन कार्यालयले २०७९ मङ्सिर १२ गतेदेखि चैत ३ गतेसम्म जिल्लाका सबै पालिकाको वडा तहमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७० हजार ९ सय ४० जना नागरिकको आवेदन सङ्कलन गरेको थियो । जिल्ला प्रशासनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १८ हजार ३ सय ९१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका छन् । त्यसै गरी आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार २ सय ६५ जनाले मात्रै राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

Next Post

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

Next Post
रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.