Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा

Kumar Shrestha by Kumar Shrestha
November 28, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा
45
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले जानकारी गराएको छ । मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा अखिल कप सञ्चालन हुने आयोजकले बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले नेपाल फुटबल सङ्घ(एन्फा) को नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा सिन्धुली जिल्लाको एक टिम र रामेछाप जिल्लाको १५ वटा टिमको सहभागिता रहने बताए । प्रतियोगितामा विजेता हुने टिमले नगद रु २० हजार र उपविजेता टिमले नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र सेमिफाइनल प्रवेश गरी फाइनल प्रवेश नगरेका दुई टिमले नगद रु ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता खेलाडीलाई नगद एक हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने छ भने प्रत्येक गोल कर्ता खेलाडीलाई प्रोत्साहन स्वरूप प्रत्येक गोलको एक सय रुपैयाँ प्रदान गरिने उनले बताए । २ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा प्रत्यक्ष तथा सामाजिक सञ्जालका माध्यमबाट १० हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ ।
प्रतियोगिता मङ्सिर १४ गते शुक्रवार बिहान ८ बजे मन्थली नगरपालिका–१ कटहर बोटबाट ¥याली सहित मन्थली माध्यमिक विद्यालयमा प्रवेश गरी उद्घाटन हुने अध्यक्ष भट्टराईले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

Next Post

गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकलाई लोकसेवा पढाउने, सिप सिकाउने

Next Post
गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकलाई लोकसेवा पढाउने, सिप सिकाउने

गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकलाई लोकसेवा पढाउने, सिप सिकाउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.