रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकहरूका लागि लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाले तयारी कक्षा सँगै सिपमूलक तालिम पनि संचालन गर्ने भएको छ ।
गाउँपालिकाले पालिका भित्रका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले चालु आर्थिक वर्ष (आ.व.) २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत ती कक्षाहरू संचालन गर्न लागेको बताएको हो ।
पालिकाले सिप मूलक कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा ५ जनालाई (अहेव) समेत पढाउने भएको छ । हलुका सवारी चालक एवं ड्राइभिङको तालिम १५ जनालाई ,वरिस्टा तालिम २५ जनालाई प्रदान गर्न लागेको पालिकाले जनाएको छ ।