Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माघ १६ देखि २६ सम्म रामेछापमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

Kumar Shrestha by Kumar Shrestha
January 25, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
माघ १६ देखि २६ सम्म रामेछापमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने
62
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ ।

माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी मेलको तयारीका बारे संघले जानकारी गराएको हो ।

मेलामा कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । यसका लागि जिल्ला स्थित आठवटै स्थानीय तह तथा सेवा प्रदायक संघीय र प्रदेश स्तरका कार्यालयहरूसँग समेत सहकार्य गरिएको उनले बताए । मेलामा २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए ।

मेलमा बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म प्रवेश गर्नेलाई निःशुल्क प्रवेश दिइने तर माघ २० गतेबाट २६ गतेसम्म भने अपराह्न ४ बजे पछि सांस्कृतिक कार्यक्रम हेर्न प्रवेश गर्नेलाई भने एक सय रुपैँया शुल्क लिने गरी व्यवस्था मिलाइएको उनले बताए ।

महोत्सवमा स्थानीय किसान तथा उद्यमीले आफ्नो उत्पादन सहज रूपमा प्रदर्शन र बिक्री गर्न सकुन् भन्ने उद्देश्यले स्थानीय तह र सेवा प्रदायक कार्यालयसँगको सहकार्यमा स्टलहरू निःशुल्क उपलब्ध गराउन लागिएको संघका कार्यकारी अधिकृत नवीन केसीले जनकारी दिए । यस बाहेक कृषि र लघुउद्यमका स्टल लिएर आउने उद्यमीलाई खानाको व्यवस्था समेत आयोजकले नै गर्ने भएको छ । प्रदर्शनीमा उत्कृष्ट उद्यमी तथा कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम पनि रहेका छन् ।

प्रदर्शनीमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय संस्कृतिको प्रदर्शन तथा विभिन्न विषयमा बहस समेत सञ्चालन गरिने भएको छ । रामेछापको उद्योग, पर्यटन, जलश्रोतको विकास तथा समग्र जिल्लाको विकासका बारेमा विकास बहस सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अध्यक्षको स्वेच्छाचारी र दम्भले रोकियो खाँडादेवि गाउँपालिकाको गाउँसभा

Next Post

मन्थली नगरपालिकाद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार

Next Post
मन्थली नगरपालिकाद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार

मन्थली नगरपालिकाद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.