Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार

जनता भ्वाइस by जनता भ्वाइस
February 28, 2025
in ब्यानर समाचार, समाचार
0
मन्थली नगरपालिकाद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार गरेको छ ।

बिहीबार नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको मन्थली नगरपालिका नगर विपद् व्यवस्थापन समिति बैठकमा नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ मस्यौदा प्रस्तुत गरेको हो ।

मस्यौदामा विगत ३० वर्ष यता नगरपालिकामा विपद् जन्य घटनाले गरेको क्षति उल्लेख गरिएको छ । त्यसै गरी नगरपालिकाभित्र वडाहरूको विभिन्न ठाउँहरूलाई बाढी, पहिरो, सुख्खा खडेरी, आगलागी, भूकम्प महामारी, हावाहुरी जस्ता विपद् जन्य घटनाको जोखिम पहिचान गरिएको छ ।

बैठकमा सहभागीहरूले नगरपालिकाले विपद्का घटनाबाट हुन सक्ने हानी नोक्सानीलाई ध्यानमा राखेर नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ मस्यौदा तयार गर्नु राम्रो कुरा भएको बताए । तर तयार भएको मस्यौदा बारे नगरका सबै वडा तहमा पुगेर सरोकारवाला निकायसँग छलफल गर्ने र नगर स्तरमा पनि सरोकारवाला निकायसँग छलफल गरी सुझावहरू लिएर पूर्णता दिनुपर्नेमा सहभागीहरूको जोड थियो ।

नगर प्रमुख श्रेष्ठले नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ मस्यौदालाई वडा तहमा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव आएकाले सोही सुझाव अनुसारका काम गरेर मात्रै पूर्णता दिइने बताए । मस्यौदामाथि वडामा आवश्यक छलफल सहित आगलागी जन्य विपद्का बारेमा थप प्रभावकारी प्रतिकार्य योजना समावेश गरेर पूर्णता दिइने उनले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

माघ १६ देखि २६ सम्म रामेछापमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

Next Post

मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ घाइते

Next Post
मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ घाइते

मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.