Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट हित हुँदैन: आनन्द श्रेष्ठ

Kumar Shrestha by Kumar Shrestha
March 22, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट  हित हुँदैन: आनन्द श्रेष्ठ
57
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले एकताले मात्र पार्टी र सङ्गठन जोगाउने बताए ।
मानव अधिकार एलायन्स नेपाल रामेछापले शुक्रवार साँझ एलायन्सका केन्द्र र प्रदेश, गैरसरकारी संस्था महासङ्घ केन्द्रमा जिल्लाबाट निर्वाचित सदस्यहरू, स्ववियु निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट निर्वाचित पदाधिकारी तथा सदस्य, जिल्लाका विभिन्न सरकारी निकायमा मनोनीत भएकाको सम्मानमा मन्थलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी र सङ्गठन सङ्कटमा परेको बेला सतिसाल जस्तै उभिने नेता, कार्यकर्ता मात्र पार्टीको सिपाही हुने बताए ।
व्यक्तिगत स्वार्थ बोकेर पार्टी र सङ्गठनका निश्चित पद र प्रतिष्ठालाई टार्गेट बनाएर पार्टीमा लाग्नेहरूबाट पार्टीको हित नहुने उनले बताए । ‘पार्टीमा बसेर पार्टीलाई नै कमजोर बनाउन लाग्ने, पार्टीकै नेताहरू विरुद्ध अफवाह फैलाउने, गलत सूचना दिएर पार्टीलाई गलत बाटोमा लैजानेसँग सतर्क र सचेत हुनुपर्छ, पार्टीमा गलत काम गर्नेलाई समयले दण्ड दिने छ’, उनले भने ।
श्रेष्ठले आज पार्टी, राज्य र व्यवस्था माथि नै आक्रमण भइरहेको हुनाले यसको एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताए । यस्तो बेलामा पार्टी भित्र आन्तरिक आरोप प्रत्यारोपमा लागेर पार्टीलाई कमजोर बनाउन काममा लाग्नु नहुनेमा उनले जोड दिए ।
समाजमा अराजकता र अस्थिरताको खेती भइरहेको बताउँदै उनले यसलाई चिरेर समाज रूपान्तरणको अभियानमा लाग्न पर्नेमा जोड दिए । यसो गर्दा धेरै चुनौती आउने बताउँदै उनले ती चुनौतीसँग जुध्ने कार्यकर्ता मात्र खारिएर नेता बन्ने स्पष्ट पारे ।
श्रेष्ठले सत्यको धरातलमा उभिएर तथ्यलाई टेकेर अघि बढ्दा केही समय अवरोध आउने भए पनि ती अवरोध बिस्तारै हट्दै जाने बताए । तथ्यमा टेकेर एकताबद्ध भई अघि बढ्दा जस्तासुकै षडयन्त्रलाई पनि परास्त गर्न सकिने उनको धारणा छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले पार्टी र सङ्गठनका नेताहरूको काम व्यक्ति केन्द्रित होइन जनामा केन्द्रित हुनु पर्ने बताए । जनता र समाजको पक्षमा काम गर्दा मात्र पार्टी र सङ्गठनको सीर उच्चो राख्न सकिने उनको धारणा छ ।
कार्यक्रममा पार्टीका नेताहरूको साथै विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन लगायतका सङ्गठनहरूका नेताहरूको सहभागिता रहेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापमा आगो लगाउदै गरेको अवस्थामा ७२ वर्षीय वृद्ध पक्राउ

Next Post

एक महिलाको बेवारिसे शव फेला

Next Post
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

एक महिलाको बेवारिसे शव फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.