Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

Kumar Shrestha by Kumar Shrestha
April 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया
31
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले अन्तक्र्रिया कार्यक्रम गरेको छ । पत्रकार हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणका घटना विरुद्ध पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेको पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला शाखा रामेछापले मङ्गलवार जिल्लाका सरोकारवाला संघ संगठनहरूसँग अन्तक्र्रिया गरेको हो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले यही चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका क्यामरा पर्सन पत्रकार सुरेश रजकलाई घरभित्र थुनी आगो लगाएर हत्या गरिएको, अन्नपूर्ण पोस्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याइएको बताए । त्यसै गरी हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारको ज्यान लिने प्रयास गरेको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको लगायतका घटना भएको उनले बताए । यी सबै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याई पीडितलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था तत्काल गर्नुपर्ने उनको भनाई छ ।
पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गरी सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाई स्वतन्त्रता पूर्वक लेख्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरे ।
पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्षहरू रमेश ढुङ्गेल, टिका प्रसाद भट्ट, हिमाल ढुङ्गेलले पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए । उनीहरूले निधन भएका पत्रकारको परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । आन्दोलनका नाममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याई क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउनुपर्ने समेत उनीहरूको माग छ ।
कार्यक्रममा प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विक लगायतका पत्रकारहरूले समाचारको भिडियो खिचिरहेका पत्रकारको आगो लगाएर हत्या गरिएको घटनाले देशभरका पत्रकार र सञ्चार माध्यमले असुरक्षित महसुस गरेको बताए । यस्ता घटना फेरी हुन नदिन र घटनाको पीडकलाई कारबाही अनि पीडितलाई न्याय दिलाउन पत्रकार महासंघले अझै सशक्त आन्दोलनका कार्यक्रम गर्नुपर्ने उनीहरूको माग छ ।
रामेछाप शाखाका अध्यक्ष दीपक कुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापमा आगलागीका कारण पाँच घर गोठ जल्यो

Next Post

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

Next Post
वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.