Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने

Kumar Shrestha by Kumar Shrestha
April 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
वन डढेलो नियन्त्रणका लागि प्रत्येक वडामा समिति गठन गरिने
12
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले वन डढेलो नियन्त्रण सम्बन्धी प्रत्येक वडामा समिति गठन गर्ने बताएका छन् । उनले भने– हरेक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वन डढेलो र यसका असर सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा हामी छौँ । सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने कोसिसमा समेत हामी लागेका छौँ ।
सामुदायिक वनका समितिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका प्रधानाध्यापकहरू लगायत सबैको सामूहिक प्रयासबाट वनको व्यवसायीकरण र वनको संरक्षण हुने अध्यक्ष महतले बताए ।
कार्यक्रममा ५९ वटा सामुदायिक वन र १३ वटा कवुलियति वनका प्रतिनिधि, १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रदीप कुमार तामाङ र सब डिभिजन वन धोबीका प्रमुख भुवन विकले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण, सामुदायिक वनलाई आयआर्जनमा कसरी जोड्ने, उत्पादन र रोजगार सिर्जनामा वनको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोपाल राज तामाङले स्वागत मन्तब्य राखेका थिए । झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमणी खड्का , खिम्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठ, नवदर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, त्रिपुरेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पा लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम झट्टेश्वर माध्यमिक विद्यालयको सभाहलमा भएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पत्रकारको हत्या विरुद्ध अन्तर्क्रिया

Next Post

पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

Next Post
पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

पत्रकार महासंघ रामेछापले सुरु ग¥यो रजकको परिवार सहयोग अभियान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.