Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

Kumar Shrestha by Kumar Shrestha
May 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ४६ प्रतिशत बजेट खर्च गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुन महिनासम्म जम्मा ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ बजेटको ४६.८४ प्रतिशत अर्थात् २६ करोड ६५ लाख ८४ हजार ३९२ रुपैयाँ खर्च गरेको हो ।

यो अवधिसम्म चालु तर्फ ३६ करोड ६६ लाख ९० हजार ८०० रुपैयाँ बजेट रहेकोमा ५५.३८ प्रतिशत अर्थात् २० करोड ३० लाख ७४ हजार ९९३ रुपैयाँ बजेट खर्च भएको बिहीबार गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए ।

दोस्रो चौमासिकसम्म गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह विषयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पुँजीगत तर्फ २० करोड २३ लाख ६१ हजार २०० रुपियाँ बजेट रहेकोमा ३१.३८ प्रतिशत अर्थात् ६ करोड ३५ लाख ९ हजार ३९८ बजेट खर्च भएको बताए ।

पाँच वटा वडा रहेको सुनापति गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ मा ९० वटा भन्दा बढी योजनाहरू सम्पन्न हुनुपर्नेमा ४४ वटा योजनाको भुक्तानी भएको उनले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापका नयाँ प्रहरी प्रमुख भट्टले जिम्मेवारी सम्हाले

Next Post

आउँदा भन्दा जाने बेलामा बढी शुभकामना दिने गरी काम गर्छु: प्रजिअ थापा

Next Post
आउँदा भन्दा जाने बेलामा बढी शुभकामना दिने गरी काम गर्छु: प्रजिअ थापा

आउँदा भन्दा जाने बेलामा बढी शुभकामना दिने गरी काम गर्छु: प्रजिअ थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.