Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आउँदा भन्दा जाने बेलामा बढी शुभकामना दिने गरी काम गर्छु: प्रजिअ थापा

Kumar Shrestha by Kumar Shrestha
May 6, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
आउँदा भन्दा जाने बेलामा बढी शुभकामना दिने गरी काम गर्छु: प्रजिअ थापा

????????????????????????????????????

123
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो कार्यकालमा जिल्ला आउँदा भन्दा जाने बेलामा बढी शुभकामना र बधाई दिने गरी काम गर्ने बताएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम सिडिओ थापा भने, “अहिले म धेरै कुरा भन्दिन । तर ढुक्क हुनुहोस् मेरो कार्यकालमा केही न केही देखिनेका खालका काम हुन्छन् । जिल्ला आउँदा जसरी शुभकामना दिनुभयो । जाने बेलामा पनि यो भन्दा बढी शुभकामना र बधाई दिने गरी काम गर्छु ।”
उनले सरकारी कार्यालयहरूले नियम अनुसार आफूले गर्नुपर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने भएकाले सोही अनुसार हुने बताए । सबै कार्यालयले एकै चोटि एउटै ठाउँमा नभई विषयगत कार्यालयहरूलाई मिलाएर आफूले गरेको कार्यसम्पादनको अवस्थाका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।
थापाले जिल्लाका विभिन्न ठाउँमा समयमै काम हुन नसकेर रुग्ण बनेका योजनाहरूलाई सम्पन्न गराउन सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने बताए । यसका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरूसँग छलफल गरेर अगाडी बढ्ने बताए ।
जिल्लामा सञ्चालित हाइड्रोपावरहरुले नियम अनुसार पानी नछोडेको लगायत सामाजिक उत्तरदायित्वसँग जोडिएका गुनासो आएको बताउँदै जिल्ला स्थित सबै हाइड्रोपावरहरुसँग बसेर नियम अनुसार सामाजिक उत्तरदायित्वमा जिम्मेवार बनाउन प्रशासन लाग्ने उनको भनाइ छ ।
कार्यालयमा कर्मचारीहरू नियमित नहुने र कार्यालय प्रमुखहरू हप्तै पिच्छे काठमाडौँ जाँदा सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासोबारे पनि जिल्ला प्रशासनको ध्यान गएको उनले बताए ।
नागरिकता लिने कुरामा सबै प्रक्रिया पुरा भएको समयमा २० मिनेट भित्र नै नागरिकता प्राप्त हुने भए पनि रामेछापमा नागरिकताका विषयमा विभिन्न समस्याहरू देखिएको उनको भनाइ छ । उनले भने “नागरिकता भन्ने विषय अत्यन्तै संवेदनशील कुरा हो । हाम्रो देशमा मात्रै होइन अन्य देशमा पनि लामो प्रक्रिया र पर्याप्त कागजात भएपछि मात्रै नागरिकता दिइन्छ । हाम्रो बुझाई तत्काल नागरिकता भन्ने हुन्छ । तर नबुझी तत्काल नागरिकता हुँदैन । आवश्यक प्रक्रिया तथा कागजात भएमा २० मिनेट भित्रै नागरिकता प्राप्त हुन्छ ।”
१६ वर्षमा नागरिकता पाइने भए पनि ४० वर्ष भएपछि नागरिकता लिन आएपछि त्यो व्यक्तिमाथि शङ्का उत्पन्न हुने र उक्त शङ्का निवारणका लागि आवश्यक अनुसन्धान गर्नुपर्दा नागरिकता दिन ढिलाइ हुने उनले बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

Next Post

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित

Next Post
मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.