Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको विद्यालयमा परम्परामा आधारित सिप : दुना, टपरी, डोरी बाट्ने, बाती कात्ने सिप सिकाइयो

Milan Ghimire by Milan Ghimire
August 30, 2019
in समाचार
0
रामेछापको विद्यालयमा परम्परामा आधारित सिप : दुना, टपरी, डोरी बाट्ने, बाती कात्ने सिप सिकाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ १३

रामेछापको मन्थली नगरपालिका–१, आकाशेमा,अवस्थित केब्स बोर्डिङ स्कूलले विद्यार्थीलाई ब्यवाहारिक सिप सिकाएको छ । गत मंगलबार एक तालिम कार्यक्रम आयोजना गरी आफ्ना विद्यार्थीहरुलाई नेपाली परम्परागत सिपहरु सिकाएको छ । स्कूलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका करिब डेढसय विद्यार्थीहरुलाई नेपाली मौलिक परम्परामा आधारित दुना, टपरी गाँस्ने, डोरी बाट्ने, बाती कात्ने र बाँसको चोया बनाउने सिपहरु सिकाइएको हो ।


गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र घोकाएर परीक्षामा धेरै अंक दिलाउन मात्र स्कूलहरु पछिल्लो समय केन्द्रित भैरहेको अवस्थामा अब स्कूलहरुले गुणस्तरीय शिक्षालाई अंक केन्द्रित भएर संकुचित रुपमा परिभाषित गर्न नहुने र विद्यार्थीहरुलाई विविधतायुक्त जीवनोपयोगी प्रयोगात्मक शिक्षा दिन सबै स्कूलहरु लाग्नुपर्ने स्कूल विद्यालयका प्रधानध्यपक केशव तिमल्सिनाले बताए । तालिम कार्यक्रम आयोजना गर्नुको उद्येश्य विद्यार्थीको सिप विकास मात्र नभई नयाँ पुस्तालाई नेपाली मौलिक परम्परासँग सम्बन्धित सिप र प्रविधिको महत्वको बारेमा सचेत गराउनु समेत रहेको विद्यालय परिवराले जनाएको छ ।


सोहि अवसरका क्रममा समाजले लैङ्गिक रुपमा छुट्याएका काम पनि लैङ्गिक समानताका दृष्टिले छात्रछात्रा दुबैलाई सिकाइएको थियो । सो क्रममा छात्रहरुले दुना टपरी गाँसेका थिए भने छात्राहरुले समेत डोरी बाट्ने र चोया काढ्ने काम गरेका थिए । विविधतायुक्त प्रयोगात्मक शिक्षालाई स्कूलले उच्च प्राथमिकतामा राखेको र तालिकाबद्ध रुपमा यस्ता किसिमका अन्य सिपहरु पनि स्कूलले निरन्तर सिकाउने अरितिक्त कृयाकलाप प्रमुख सुवास तामाङले बताए ।
गत महिना माटो व्यवस्थापन र नर्सरी व्यवस्थापन तथा लघु करेसा निर्माण सम्बन्धि तालिम कार्यक्रम आयोजना गरिएको थियो भने यस पछि केब्स सिङ्गिङ तथा डान्सिङ आइकन सिजन २ आयोजना हुने स्कूल स्रोलले जनाएको छ । स्थापना काल देखि नै सो विद्यालय उच्च गुणस्तरीय संस्कारयुक्त शिक्षा प्रदान गर्नुका साथसाथै अतिरिक्त कृयाकलाप र खेलकुद गतिविधिमा समेत अब्बल रहि आएको छ ।

फोटो फिचर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन

Next Post

बिहीबार मोरङको आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन भएको ‘नासाे’को दाबी

Next Post
बिहीबार मोरङको आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन भएको ‘नासाे’को दाबी

बिहीबार मोरङको आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन भएको ‘नासाे’को दाबी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...