Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिहीबार मोरङको आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन भएको ‘नासाे’को दाबी

Milan Ghimire by Milan Ghimire
August 30, 2019
in जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
बिहीबार मोरङको आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन भएको ‘नासाे’को दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १३, मोरङ

बिहीबार मोरङ र सुनसरीलगायत पूर्वका केही जिल्लाबाट आकाशमा देखिएको सेतो चम्किलो बस्तु मौसमी बेलुन भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) ले जनाएको छ । 

स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारीका आधारमा नेपालको पूर्वी आकाशमा देखिएको सेतो बस्तु मौसमी बेलुन नै भएको नासोका अध्यक्ष सुरेश भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । यो बस्तु आकाशमा देखिएको समय, देखिएको प्रकृति, र त्यसको गतिका आधारमा मौसमी बेलुन भएको उहाँले बताउनुभयो ।

बिहीबार स्थानीयले बताएको जानकारीका आधारमा अमेरिकी अर्थ अब्जर्भेसन स्याटेलाइट हुन सक्ने अनुमान गरिए पनि पूर्वका धेरै ठाउँबाट देखिएकाले त्यो बस्तु मौसमी बेलुन नै भएको भट्टराईले जानकारी दिनुभयो । 

त्यो बेलुन हरेक दिन र्कीतिपुरबाट उडाइने मौसमी बेलुनजस्तै प्रकृतिको भएको पनि उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘स्थानीयले पठाएको तस्बिर र भिडियो र उहाँहरुले दिएको जानकारीअनुसार यो मौसमी बेलुन नै हो । यो हाई अल्टिच्यूड बेलुन हो । यस्तो बेलुन प्रायः मौसम पूर्वानुमानका लागि नै प्रयोग गरिन्छ ।’

यो बेलुन कसले उडायो भन्ने आधिकारिक जानकारी भने आएको छैन । विराटनगरको नजिक पर्ने बिहारको फारबिसगञ्जमा मौसम मापन गर्ने स्टेसन रहेकाले त्यहीँबाट उडाइएको हो कि भन्ने आशंका गरिएको छ ।  भट्टराईले फारबिसगञ्जका मौसमविदसँग बुझ्ने प्रयास भैरहेको बताउनुभयो ।

बिहीबार मोरङ, सुनसरी लगायतका पूर्वका केही जिल्लाबाट दिउँसै ताराजस्तो दृश्य देखिएको थियो । पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए ।  

सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जुकुमारी राईले सीएफएल बल्बजस्तो चम्किलो बस्तु आकाशमा देखिएको उज्यालोसँगको कुराकानीमा बताउनुभयो । आकाशमा टलक्क टल्किएको बस्तु देखिएपछि सबैले अचम्म मान्दै तस्बिर खिचेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

https://ujyaaloonline.com/story/25464/2019/8/29/unidentified-flying-object-in-sky-of-biratnagar

सभार

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको विद्यालयमा परम्परामा आधारित सिप : दुना, टपरी, डोरी बाट्ने, बाती कात्ने सिप सिकाइयो

Next Post

छ माया छपक्कैको पहिलो गीत सार्वजनिक

Next Post
छ माया छपक्कैको पहिलो गीत सार्वजनिक

छ माया छपक्कैको पहिलो गीत सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.