Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निर्माण सम्पन्न नहुँदै भत्कियो कुनाउरीबाट भटौली जोड्ने पक्की पुल

जनता भ्वाइस by जनता भ्वाइस
June 22, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
निर्माण सम्पन्न नहुँदै भत्कियो कुनाउरीबाट भटौली जोड्ने पक्की पुल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापमा निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भत्किएको हो ।

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको यो पुलको गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुननिर्माण गरिरहेको थियो । तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्णरुपमा भाँच्चिएको हो ।

कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडामा निर्माण भइरहेको यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । संघीय सरकार सडक विभाग पुल महाशाखा मार्फत पुल निर्माणका लागि २०७८ सालमा कालिका–कल्पवृक्ष जेभिले ठेक्का सम्झौता गरेको थियो ।

सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । उक्त रकम मध्ये करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी प्राप्त गरिसको छ ।

यो पुल निर्माण पश्चात् काठमाडौँ रामेछापका लागि सहज यात्रा हुने आसा गरिएको थियो । यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी, दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न वडा पुग्न सहज हुने विश्वास लिइएको थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिए पछि निर्माणकार्य र छोटोदुरी यात्रामा अन्यौलता थपिएको छ ।

पुल भाँचिनुको कारण खुल्न भने बाँकी नै रहेको छ । निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खिम्ती पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध

Next Post

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

Next Post
लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.