Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुलगंगा गाउँपालिका नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्र प्राथमिकतामा

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
गोकुलगंगा गाउँपालिका नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्र प्राथमिकतामा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभामा अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षका योजनाहरू सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाले यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकता दिँदै समावेशी र उत्पादनमुखी नीति तय गरेको छ। सुशासनको सवालमा गाउँपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउँदै अनियमितता, करछली, कालोबजारी र व्यवसायिक एकाधिकार जस्ता गतिविधिविरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेको छ।
स्थानीय उत्पादन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै “दही–मोहीलाई प्राथमिकता दिऔँ” अभियान सञ्चालन गरिने भएको छ। गाई, भैँसी पालनलाई प्रोत्साहन गर्दै दूधजन्य उत्पादनको खपत र बजार विस्तारको तयारी गरिएको छ। रसायनयुक्त चिसा पेय पदार्थको प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थ विकल्पको प्रवद्र्धन गरिनेछ।

युवाहरूको आत्मनिर्भरता अभिवृद्धिका लागि सिप विकास तालिमहरू सञ्चालन गरिनेछ। विद्यालय तहमा अंग्रेजी माध्यमको पठनपाठनलाई प्रोत्साहन गरिने जनाइएको छ। शिक्षा क्षेत्रमा सुधारका लागि अभिभावक शिक्षाका कार्यक्रम, प्रत्येक वडामा खेलमैदान निर्माण तथा जेष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मी घरमै पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा यस वर्ष पनि निरन्तर जारी रहनेछ। कृषि क्षेत्रमा बाँझो जमिनमा फलफूल खेती, पाखो जमिनमा तितोति खेती, आलु र किवीको व्यावसायिक उत्पादनलाई प्रवद्र्धन गरिने नीति लिइएको छ। स्थानीय उत्पादनलाई बजारमा पहुँच दिन उत्पादन संकलन केन्द्रहरू स्थापना गरिनेछ।

सहकारी अभियानलाई उत्पादनमुखी बनाउँदै प्रत्येक वडामा एक नमुना सहकारी स्थापनाको योजना अघि सारिएको छ। पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गर्ने र १५ जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिने उद्योगी तथा लगानीकर्तालाई कर छुटलगायत सेवा सुविधाहरू दिइने जनाइएको छ। एकीकृत बस्ती विकासको गुरु योजना तयार गरी सुविधा सम्पन्न बस्ती निर्माण गरिनेछ। साथै, स्वच्छ खानेपानी पहुँच अभाव टुंग्याउने उद्देश्यसहित आगामी आर्थिक वर्षभित्र शतप्रतिशत घरधुरीमा धारा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ।

सूचनाको हक सुनिश्चित गर्न, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति गर्न स्थानीय आमसञ्चार नीति र कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइने पनि गाउँपालिकाले जनाएको छ। नीति र कार्यक्रममार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै स्थानीय स्तरमै समृद्धिको आधार तयार पार्ने गाउँपालिकाको दाबी छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उमाकुण्ड गाउँपालिकाः ६१ करोड रुपैयाँको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड

Next Post

बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

Next Post
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.