Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्ड गाउँपालिकाः ६१ करोड रुपैयाँको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
उमाकुण्ड गाउँपालिकाः ६१ करोड रुपैयाँको बजेट सार्वजनिक, शिक्षा र पूर्वाधारमा जोड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १८ औँ गाउँसभा (अधिवेशन) मा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बजेट प्रस्तुत गरेकी हुन्।

सार्वजनिक बजेट अनुसार सातवटै वडामा तुलनात्मक रूपले समनुपातिक रकम विनियोजन गरिएको छ। वडा नम्बर १ गुम्देलका लागि ६१ लाख, वडा नम्बर २ बाम्तीभण्डारमा ६४ लाख, वडा नम्बर ३ कुबुकास्थलीमा ५५ लाख ५० हजार, वडा नम्बर ४ र ५ प्रिति क्षेत्रमा क्रमशः ६१ र ६२ लाख, वडा नम्बर ६ गुप्तेश्वरमा ५० लाख र वडा नम्बर ७ भुजीमा ६५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले अधिवेशनमा आगामी वर्ष लागू गरिने ११८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। शिक्षा, स्वास्थ्य, खेलकुद र पूर्वाधार विकास क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तर्जुमा गरिएको अध्यक्ष सुनुवारले जनाएका छन्।

शिक्षामा गुणस्तर वृद्धि, सामुदायिक स्वास्थ्य सेवा सुधार, ग्रामीण यातायात तथा खानेपानी पहुँच विस्तार, खेलकुद विकास र कृषि तथा पर्यटन पूर्वाधार निर्माण कार्यक्रममार्फत गाउँपालिकालाई दिगो विकासतर्फ अघि बढाउने योजना बनाइएको छ।

बजेट र नीति निर्माण प्रक्रिया यसपटक वडास्तरीय छलफल, सरोकारवाला सुझाव र स्थानीय आवश्यकता मूल्यांकनको आधारमा तय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका स्थानीय जनप्रतिनिधि र सेवाग्राहीहरूले योजनाको कार्यान्वयनमा पारदर्शिता, परिणाममुखीता र समावेशीताको प्रत्याभूति गर्नुपर्ने धारणा राखेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप नगरपालिकाले सार्वजनिक गर्‍यो ८० करोडभन्दा बढीको बजेट

Next Post

गोकुलगंगा गाउँपालिका नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्र प्राथमिकतामा

Next Post
गोकुलगंगा गाउँपालिका नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्र प्राथमिकतामा

गोकुलगंगा गाउँपालिका नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्र प्राथमिकतामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.