काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सानेपा पुगेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् ।
ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ ।
शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् ।