Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन

जनता भ्वाइस by जनता भ्वाइस
June 30, 2025
in ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको छ । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाएका हुन् ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका छन् ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

मन्त्रालयमा भएको छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी भएका थिए ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक रोकेर मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेकोमा निष्कर्ष निस्कन नसकेको हो ।

समितिको बैठक सोमबार बिहान ८ बजे तय भएकोमा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गर्ने भन्दै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, महासंघका प्रतिनिधिसँग सहमति नजुटेपछि अझै बैठक सुरु हुन नसकेको छैन ।

पदपूर्तिका सवालमा शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुटेको अवस्थामा विद्यालय शिक्षा विधेयक समितिबाट पास गरेर प्रतिनिधि सभामा लैजाने तयारी मन्त्रालयको छ ।

त्यसपछि प्रतिनिधि सभामा छलफल भएर पास हुनेछ । त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय पक्रिया पूरा गरेर अगाडि बढ्छ ।

राष्ट्रिय सभाबाट पास भएपछि पुनस् प्रतिनिधि सभामा आउँछ । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रूपान्तरित हुन्छ । निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो ।’

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मधेसमा ८६ लाख वृक्षरोपण गरिने

Next Post

शिक्षा विधेयकमा सहमतिका लागि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री पन्त

Next Post
शिक्षा विधेयकमा सहमतिका लागि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री पन्त

शिक्षा विधेयकमा सहमतिका लागि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री पन्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.