भोजपुर । जिल्लाको रामप्रसादराई गाँउपालिका–२ को धोद्लेखानिको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ।
भोजपुर नगरपालिका–२ हेलौैछा घर भएका ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेमा वेदनाथ गिरी, निजकी श्रीमती, मनिषा गिरी र सपन गिरी रहेको उनको भनाइ छ।
गम्भीर घाइते राजेन्द्रलाई उपचारका लागि भोजपुर ल्याइँदै गरिएको श्रेष्ठको भनाइ छ।